नागार्जुनमा परिवर्तनको घन्टी बज्ने संकेत

५ जेठ २०८०, नागार्जुन नगरपालिका वडा नं १ रानीबन काठमाडौँ।
सुशासन, पारदर्शिता, जवाफदेहिता, परिवर्तन संभव छ हाम्रै पालामा, व्यवस्था मात्रै हैन अवस्था परिवर्तन गर्ने लक्ष्यका साथ, परिवर्तनका संवाहक युवापुस्ताले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रा. स्व.पा)ले काठमाण्डौ जिल्ला निर्वाचन क्षेत्र नं ७ अन्तर्गत नागार्जुन नगरपालिका वडा नं १,२,र ३ को प्रारम्भिक अनौपचारिक संयुक्त वडा भेला, नागार्जुन नगरपालिका वडा नं १ रानी वन स्थित नागार्जुन पार्टी प्यालेसमा सम्पन्न गरेको छ ।
काठमाण्डौं जिल्ला निर्वाचन क्षेत्र नं ७का संघीय सासंद माननीय श्री गणेश पराजुली, RAT केन्द्रिय सदस्यहरु,केन्द्रिय समिति सदस्यहरू, प्रदेश समिति सदस्यहरू, निर्वाचन क्षेत्र सचिवालय सदस्य तथा सल्लाहकार ज्यूहरू, नगर समिति तथा वडा समितिका संयोजक तथा सदस्यहरुको समुपस्थितिमा सो अनौपचारिक कार्यक्रम सम्पन्न भएको थियो।
नागार्जुन नगरपालिका वडा नं १ को वडा मेला २०८०।०२।१० गते बुधबार बिहान ७ बजे नागार्जुन पार्टी प्यालेस रानीवन १ मा, वडा न २ को वडा भेला२०८०।०२।११ गते विहिबार विहान ७ बजे ठाउँ सम्बन्धित वडा समितिद्वारा निर्धारण गरी जानकारी गराउने गरी साथै वडा नं ३को वडा भेला २०८०।०२।१२गते शुक्रवार विहान ७ बजे स्थान निर्धारण गरी जानकारी गराउने गरी सम्पूर्ण जनताकाे समानुपातिक, समावेशी, महिला, जनजाति, उत्पीडित, अल्पसंख्यक,सिमान्तकृत, मधेशी समुदाय, पिछडीएका वर्गको प्रतिनिधित्व हुने गरी, रा. स्व. पा. घण्टीमा आवद्ध, आवद्ध हुन चाहानुहुने सम्पूर्ण शुभेच्छुकहरू भेलामा समुपस्थित भई देश परिवर्तनको एजेण्डालाई सार्थक बनाउन सविनम्र निमन्त्रणा गर्दै सम्पन्न भएको छ।