Advertisement

उधमशिलता बिकास तालिम समापन

२०८० जेष्ठ ४, बिहीबार १७:३४
३१
तीखोकलम

नेपाल प्रहरी श्रीमती संघको सहकार्यमा लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र त्रिपुरेश्वर काठमाण्डौको भृकुटीमण्डप स्थित नेपाल प्रहरी श्रीमती संघको कार्यालयमा संचालन गरेको ७ दिने नि:शुल्क “उद्यमशिलता विकास तालिम” हिजो एक कार्यक्रमका बिच श्रीमती संघकी अध्यक्ष आदरणीय Laxmi Parajuli ज्युको अध्यक्षमा समापन भएको छ ॥

यो कार्यक्रमको मुख्य उद्देश्य भनेको उद्यमशीलता र स्वरोजगारमूलक सीपको विकास गर्नुका साथै नवीनतम र परम्परागत प्रविधिको उपयोग गर्नसक्ने उद्यमशील जनशक्तिको विकास गर्नु हो ॥

उपलब्ध स्रोत, साधन, स्थानीय पुँजी र प्रविधिको परिचालन गरी स्वरोजगार र रोजगारीका अवसर वृद्धि गर्दे गरिबी निवारणमा योगदान पु-याउनु नै नेपाल प्रहरी श्रीमती संघ ले ल्याउने कार्यक्रमको मुख्य उद्देश्य रहेको समेत जानकारी गराउनु भयो ॥
उक्त कार्यक्रममा पश्चाप आगामी दिनमा पनि यस्तै कार्यक्रममा सहभागी भई आत्मनिर्भर हुन् इच्छुक सबै महिलाहरूलाई 9840250936 मा सम्पर्क समेत गर्न अनुरोध गर्नु भएको छ।