“होटलमा डाँका चोरी गर्ने अभियुक्त काभ्रे प्रहरीले पक्राउ” गरेको छ

०३ जेठ, २०८०
“होटलमा डाँका चोरी गर्ने अभियुक्त काभ्रे प्रहरीले पक्राउ” गरेको छ
****
मिति २०८०।०२।०१ गते रातीको समयमा काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपलिका वडा नं.०६ स्थितमा हरी चन्द्र पोखरेलले संचालन गरेको हाई भ्यु रिसोर्ट होटलमा कोही नभएको अवस्थामा रिसोर्टको झ्याल समेत तोड फोड गरी भित्र छिरी USA, युरो र भियतनाम देशहरुको बिदेशी मुद्रा ५,०००, भारतिय रुपैया २०,०००, नेपाली नगद रु.५०,०००, बिभिन्न साईजका बुद्धको मुर्तिहरु, कम्युटर थान-२, आई प्याड थान-२ लगायतको सामानहरु चोरी भएको भनि मिति २०८०।०२।०२ गते ईलाका प्रहरी कार्यालय बनेपा काभ्रेपलाञ्चोकमा हुलिया निवेदन दिएकोमा उक्त हुलिया निवेदनको आधारमा तत्काल यस कार्यालय तथा मातहत समेतबाट खटिएको अनुसन्धान टोलीले सो घटनामा संलग्न ब्यक्तीहरुको खोजतलास गर्दै जाने क्रममा घटनामा संलग्न अभियुक्तहरु मध्ये अमृत तामाङलाई मिति २०८०।०२।०२ गते रातीको अं. २३:०० बजेको समयमा काभ्रेपलाञ्चोक जिल्ला धुलिखेल नगरपालिका वडा नं. ०३ स्थितमा फेला पारी घटना सम्बन्धमा प्रारम्भिक सोधपुछको क्रममा म लगायत अन्य २ जना मानिसहरु भई चोरी गरेका हौँ र उक्त चोरी गरेको सामानहरु काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं. ०६ स्थित जंगलमा लुकाई छिपाई राखेको भनी बताएकोले चोरी गरेका सामानहरु मध्ये निम्न बमोजिमको सामानहरु बरामद गरी होटल रिसोर्ट संचालकबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा जाहेरी दरखास्त लिई पक्राउ अभियुक्तलाई आजै सम्मानित काभ्रेपलाञ्चोक जिल्ला अदालतमा पेश गरी दिन ०७ को म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान कार्य भईरहेको ।
पक्राउ परेका अभियुक्त :-
का.प.जि. धुलिखेल न.पा वडा नं. ०३ कुताल बस्ने बर्ष २२ को अमृत तामाङ
बरामद समानहरु :-
पाल्देन लामाको मुर्ति थान-२, गुरु रेम्बोच्छेको मुर्ति थान-३, हरियो तारा भएको मुर्ति थान-१, मेडिसिन बुद्धको मुर्ति थान-१, सेतो ताराको मुर्ति थान-१, सरस्वतीको मुर्ति थान-१, लोकेश्वरको मुर्ति थान-१, लाफिङ्ग बुद्धको मुर्ति थान-१, तामाको पाताबाट बनेको माला तथा मालाका सामानहरु राख्ने सानो बाकस थान-१, बिभिन्न किसिमका माला तथा माला बनाउन प्रयोग हुने सामानहरु ।