
डिआईजी जनक भट्टराईद्वारा जिल्ला प्रहरी कार्यालय सर्लाहीको निरीक्षण तथा मातहत प्रहरी युनिट प्रमुखहरुलाई निर्देशन

मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी जनक भट्टराईले जिल्ला प्रहरी कार्यालय सर्लाहीको निरीक्षण गर्नुका साथै मातहत प्रहरी युनिट प्रमुखहरुलाई निर्देशन सम्बोधन गर्नु भएको छ ।
डिआईजी भट्टराईले निर्देशन सम्बोधनको क्रममा अवैध भन्सार चोरी निकासी पैठारीको प्रभावकारी नियन्त्रण गर्ने, सिमानाकामा रहेका प्रहरी युनिटहरुको निरीक्षण तथा कार्यसम्पादन अनुगमन गर्ने, मिटर ब्याज पिडितहरुमा देखिएको समस्या समाधान गर्न तदारुकताका साथ लाग्ने, विचौलियाहरुको नियन्त्रण तथा निषेध गर्न टोली खटाउने, जाली नोट तथा हुण्डी कारोवार नियन्त्रण गर्ने, संगठित अपराध तथा अपराधिक गतिविधी नियन्त्रण गर्ने, नागरिकमैत्री नवप्रवर्तनीय कार्यहरु संचालनलाई बढावा दिने तथा कार्यालय संचालन व्यवस्थापनलाई चुस्त दुरुस्त बनाई गैह्र व्यवसायिक र प्रहरी आचरण विपरितका कुनै पनि गतिविधीमा संलग्न नभई उच्च मनोवलका साथ त्रुटीरहित ढंगबाट प्रभावकारी सेवा प्रवाह गर्न निर्देशन दिनु भएको हो ।