
यति चाहिँ लेख्नै पर्छ।

दुनियाँमा आफैलाई जित्नु जस्तो मुस्किल युद्ध अर्को हुनै सक्दैन। हो त्यही कठिन युद्ध जितेर उदाएको हुन धरानको मेयर हर्क साम्पाङ। आज उहाँको पछि अनेकौ झुंडहरु यसरी लागेको देखिन्छ कि मेयरले धरानै बेच्न लाग्यो उहाँहरुको एकता र सकृयता देख्दा यस्तो लाग्छ कि हर्क साम्पाङको उदय पछि ती समुहको दानापानीनै बन्द भएको छ। तपाईहरुको बौद्धिकता, एकता र सकृयता पहिल्यै अर्थात अन्य मेयरहरुको पालामै भैदिएको भए न धरानमा #हर्क भन्ने मान्छेको उदय हुन्थ्यो नत अहिले त्यही #हर्क भन्नेले यही पानीकै निम्ति यत्रो संघर्ष गर्नु पर्थ्यो।
पार्टीगत चङ्गुलबाट धरानलाई मुक्त गर्न त्यो हर्क भन्ने मान्छेलाई झन्दै १० बर्ष लाग्यो त्यसको निम्ति उसले के मात्रै गरेन? हिसाबै छैन। ४२२ बाट २०८२१ को लोकप्रिय मत प्राप्त गर्दै गठबन्धन भन्दा ४७६२ र एमाले भन्दा ८९९६ मतले बिजय हुन हर्क भन्ने मान्छेलाई जनताको भोटले मात्रै पुग्थेन। उ सङ्ग सर्बप्रथम #आत्माबिस्वास, #अठोत, #सङ्कल्प, #निडर, #निर्भए #भिजन,जनतासङ्गको #सामिप्यता र देश #प्रेम हुन आवश्यकता थियो जुन उनीसङ्ग थियो र अझै देखिन्छ। ठुला नेताहरुको हातबाट टिकट पाएर नेता बन्नेहरुलाई यी कुराहरुको खासै ज्ञान पनि हुदैन। कति नेता भनौदाहरुले आफुले प्राप्त गरेको मत परिणामनै भुलिसकेको छ्भने चुनाबताका जनतासङ्ग जाहेर गरेको बाचा र प्रतिबद्धताहरु सम्झिरहने कुरै हुदैन र समय पनि छैन होला।
धरानेलेहरुले जस्तो मेयर खोजेको थियो त्यस्तै पाएको छ अब रोएलो गर्नु भनेको लगन पछिको पोते जस्तै हो। हामीले गर्व गर्नु पर्छ सिक्नु पर्छ र उत्प्रेरित हुनुपर्छ उनिसङ्ग। यो सत्य हो सधै धरान हर्कले मात्रै नेतृत्व गर्ने छैन। हर्कलाई राजनैतिक #गुरू मान्ने रबि लामिछाने ६ महिनामै देशको उपप्रधानमन्त्री सम्म बने। प्रचण्ड जस्ता नेताले हर्कको खुलेरै तारिफ गर्यो। राजेन्द्र लिङ्देन जस्ता नेताहरु घरमै भेट्न आए। दुनियाँ भरको करोडौं मानिसले धरानलाई अब हर्ककै कारण चिनेको छ बास्तमै हामी खुशी हुनु पर्ने हो तर किन उल्टो? बिरोधीहरु छातिमा हात राखेर एक चोटि सोच्नुहोस तपाईंले त्यस्तो के गर्नु भयो या गर्दै हुनुहुन्छ जस्को कारणले धरानले गर्व गर्न सकोस? छ उत्तर?
छैन भने रोकिनुहोस र गर्नेलाई गर्न दिनुहोस। हर्क तपाईं भन्दा धेरै कुरामा अब्बल र भिजिनरी भएको प्रमाण छ। बिकासको निम्ति उ भोकाएको सिंह जस्तै भएको छ। चुनाव जित्नु र हार्नु मेयर बन्नु र नबन्नुमा उसलाई खासै फरक छैन उसलाई जस्तो तपाईहरुलाई फरक पर्छ? उ चुनाबमा हारे पछि र जिते पछि जनतासङ्गैनै छ। त्यसैले उहाँलाई काम गर्न दिउ।मेयर बन्दा मात्रै जनताको काम गर्ने नहुदा हराउनेहरु होसियार! आफू हार्नु र टिकट नपाउनुमा कहाँ कम्जोरी भयो भनेर अझै आफनो आत्मा समिक्षा गर्नु भएको छैन? अझै भाजोनै हाल्ने कोसिस गर्नु भयो भने तपाईहरुकोत राजनीतिक यात्रा अब समाप्त हुनेछ साथै धरानेहरुको पाप मात्र होइन तपाइको आउने तिन पुतालाई पुग्नेगरि #महाश्राप लाग्नेछ।