Advertisement

प्रहरीसँग नागरिकको शान्तिसुरक्षा सम्बन्धित अन्तरक्रिया कार्यक्रम

२०८० बैशाख ३१, आईतवार ००:५७
१३५
Ashok Pokharel

­

२९ वैशाख २०८०, नागार्जुन २, काठमाण्डौं।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी, सेवा केन्द्र इचंगुनारायण नागार्जुनद्वारा आज नागार्जुन नगरपालिका वडा नं २ मा “प्रहरीसँग नागरिकको शान्ति सुरक्षासंग सम्बन्धित एक दिवशीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नागार्जुन नगरपालिका वडा नं २ मा रहेको संस्थाको भवन नजिकै रहेको खुला चउरमा उक्त भव्य कार्यक्रम सम्पन्न भएको थियो ।

उपस्थित प्रमुख अतिथि ज्यु,अतिथि ज्यूहरु लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुलाई फूलको माला तथा खादा

लगाई,राष्ट्रिय गान गाएर शुरू गरिएको उक्त कार्यक्रमको उदघोषण तथा संञ्चालन सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका महासचिव श्री सरला श्रेष्ठले गर्नु भएको थियो भने सभापतित्त्व संस्थाका अध्यक्ष श्री प्रताप दानीले गर्नुभएको थियो।

कार्यक्रमका प्रमुख अतिथि उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक श्री श्यामलाल ज्ञवाली ज्यूद्वारा पानसको दियोमा क्त्ती बालेर उ‌द्घाटन गर्नुभएको उक्त कार्यक्रममा अतिथि जिल्ला प्रहरी कार्यालय काठमाण्डौका प्रवक्ता प्रहरी उपरिक्षक श्री सिताराम रिजाल, नागार्जुन नगरपालिका वडा नं २ का वडाअध्यक्ष एवं सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका आजीवन सदस्य तथा संरक्षक श्री धुमराज के.सी, नार्गाजुन नगरपालिका वडा न  ३ का वडा अध्यक्ष एवं सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका आजीवन सदस्य तथा सल्लाहकार उमेश लामा, सामुदायिक सेवा मञ्च तथा सामुदायिक प्रहरी सेवा केन्द्र स्वयम्भूका अध्यक्ष श्री राजु खरेल, उपत्यका प्रहरी कार्यालय सामुदायिक शाखा प्रमुख प्रहरी नायव उपरिक्षक श्री रविराज थपलिया, प्रहरी वृत्त स्वयम्भूका प्रमुख प्रहरी नायव  उपरीक्षक श्री राजु वावु मर्हजन, नागार्जुन नगरपालिका नगरकार्यपालिका सदस्य श्री अम्बिका गजमेर, नागार्जुन नगरपालिका वडा नं २का  वडा सदस्यहरू विमला महर्जन,चन्द्रिका विश्वकर्मा, लडकेश लामा, सानु विरबहादुर नगरकोटी, वडा नं १का बड़ा सदस्य राम प्रसाद खवाल ,सविता सुनार, संस्थाका अभिभावक समूहका सदस्यहरू, संरक्षक सदस्यहरू, सल्लाहकार सदस्यहरू, ट्राफिक प्रहरी वृत्त स्वयम्भूका प्रमुख प्रहरी वरिष्ठ नायब निरिक्षक श्री सचिन ठाकुर ज्यू, विभिन्न विद्यालयका प्रधानाध्यक  ज्यूहरू विभिन्न महिला समूहका अध्यक्ष ज्यूहरू लगायत प्रतिनिधि ज्यूहरू, खानेपानी उपभोक्ता समितिका अध्यक्ष तथा प्रतिनिधिज्यूहरु, टोल सुधार समितिका अध्यक्ष एवम् प्रतिनिधि ज्यूहरु , युवा क्लबका अध्यक्ष एवं प्रतिनिधि ज्यूहरु, ब्रम्हाकुमारी ध्यान योग उपकेन्द्रका प्रतिनिधि ज्यूहरु, नेप्सम्याक स्वयम्भू शाखाका प्रतिनिधि ज्यू,  संघ संस्थाका अध्यक्ष एवं प्रतिनिधि ज्यूहरु, संस्थाका कार्य समिति सदस्यहरू तथा पार्षद समूहका सदस्यहरु, विभिन्न विद्यालयबाट पाल्नु भएका भाइबैनीहरु अतिथीको रुपमा उपस्थित हुनुहुन्थ्यो। साथै संस्थाका आजिवन सदस्यहरू, सामुदायिक, प्रहरी सेवा केन्द्रका इन्जार्च तथा राष्ट्रसेवक प्रहरी कर्मचारी -तथा संस्थाका शुभेच्छुक गरी”झण्डै ८००जना भन्दा बढीको उपस्थिती रहेको थियो।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका सदस्यहरू सविता प्रधान, शान्ता अर्यालपन्त ,रुकु कार्की तथा रमा आर्चायले प्रमुख अतिथी, अतिथीज्यू हरुलाई माला र खादा लगाई, स्वागत गर्नुभएको थियो भने कार्यक्रमका संयोजक एवं सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका उपाध्यक्ष श्रीशंखवीर

पुतुवारले स्वागत मन्तव्य राख्दै २०६४ सालमा स्थापना भएको संस्था समाजमा भएका कुरीती, विसंगती न्यूनीकरण . गर्दै अगाडी बढी रहेको, संस्थाको आफ्नै एम्बुलेन्स, शववाहन, भवन रहेको, महिला हिंसा विरुद्ध जनचेतना, व्यक्तित्व विकासका लागि उ‌द्घोषण तालिम भर्खरै सम्पन्नगरी आम नागरीक र प्रहरीबीच अन्तरक्रिया गरी कसरी समाजमा घटेका, घटीरहेका र घटन सक्ने अपराधिक क्रियाकलापलाई न्युनीकरण गर्न सकिन्छ भनेर यस कार्यक्रमको आयोजना गरिएको कुरा प्रकाश पार्नुभएको थियो ।

सामुदायिक सेवा मञ्च तथा सामुदायिक प्रहरी सेवा केन्द्र स्वयम्भूकाअध्यक्ष श्री राजु खरेलले २०५१ सालमा महाराजगञ्जबाट शुरू गरिएको सामुदायिक सेवा “केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रले तत्कालिन द्वन्द्वकालदेखि हालसम्म काम गरिरहेको र हाल अझ यसको महत्व  बढी रहेको पुष्टि भएको बताउनु भएको थियो।

मन्तव्यको क्रममा संस्थाका सल्लाहकार श्री मेदनी प्रसाईले

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केंद्र स्वयम्भूका अध्यक्ष श्री राजु खरेलसगँ सल्लाह गरी, उहाँहरूको  विधान पढ़ी, त्यसै बमोजिम  विधान बनाई २०६४ सालमा स्थापना गरिएको यो संस्था नागार्जुन नगरपालिकाको अभिभावक संस्था रहेको, २०६४ साल देखि २०७४ सालसम्म स्थानिय निकायहरू नभएको बेलामा अभिभावकिय संस्थाको रूपमा काम गरेको तथा देश भरीकै सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रको भ्रमण गर्दा हाम्रो संस्था उत्कृष्ट रहेको पाएको बताउनु भएको थियो । उहाँले हालको  मुख्य समस्या पार्किङको समस्या रहेको पनि बताउनु भएको थियो।

मन्तव्यको क्रममै संस्थाका संरक्षक श्री  विश्वराज भण्डारीले

संस्थाको पूर्वाधार विकास राम्रो,  (आफ्नै भवन) भएको, आर्थिक अवस्थामा पनि विस्तारै  वामे सरीरहेको, समाज र मानवको व्यक्तित्व विकासमा पनि ८ दिने उद्‌घोषण तालिम भर्खरै समाप्त भएको बताउदै आमनागरिकको शान्ति सुरक्षालाई कसरी कार्यन्वयन गर्न सकिन्छ? हाम्रो समाजबाट ईचंगु- नारायण मन्दिर, आकाश भैरव मन्दिरका मूर्तिहरू चोरी भए हालसम्म पत्ता लागेको छैन ? देशमा भएका ठूला माछा मात्र नभै समाजमा भएका साना माछाहरू समात्न पनि नेपाल प्रहरीलाई सफलता मिलोस भन्ने कामना गर्नुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुखअतिथि उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक श्री श्यामलाल ज्ञवालीले प्रहरी प्रशासन तथा समस्त प्रहरीहरु इमान्दारीकताका साथ आम नागरीकका समस्याहरू समाधान गर्न लागिपरिरहेकाे, नागरीकको अपेक्षा अनुसार काम भएका छैनन त्यसलाई क्रमश सुधार गर्दै ,हाम्रो प्रविधिमा कम – पहुँच र मानवश्रोत साधन प्रयाप्त नभएकाले चाहेजति’ समस्या समाधान गर्न नसकेको बताउनु भएको थियो। उहाँले आधुनिक प्रविधि मार्फत धेरै सामाजिक सुरक्षा तथा अपराधिक कृयाकलापलाई न्यूनीकरण गर्न सहयोग पुगेको बताउदै काठमाण्डौं महानगर पालिकाले सिसिटिभी जडान गर्न ६ करोड रुपैया र वुढानिलकण्ठ नगरपालिकाले ५ करोड विनियोजना गरिसकेको बताउदै अब नागार्जुन नगरपालिकाले पनि CCTV को लागि बजेट विनियोजन गर्न अनुरोध गर्नु भएको थियो। उहाँले प्रहरीले कहि कतै कमी कमजोरी गरेको थाहा पाएगा तुरुन्त जानकारी गराउन  अनुरोध गर्दै correction गर्न सहयोग पुग्ने विश्वास दिलाउनु भएको थियो । उहाँले  स्वर्ग जस्ता हाम्रो देशमा on arrival Visa दिइन्छ हामी अन्य देशमा जानु पन्यो भने Visa interviews को लागि वर्षो कुर्नुपर्ने बाध्यता औल्याउदै यो देश आउन पनि अन्य देशका पर्यटकले लाइन या पालो पखेर आउन पर्ने जस्तो गरी बनाउन सकिने धारणा राख्नु भाको थियो। उहाँले हाम्रो समाजमा दुई खाले अनुहार भएको, दुईटा कुरा गर्ने बानी भएकाले समस्या समाधानमा बाधक भएकाले जे कुरा हो सो स्पष्ट बताउने गरेमा समस्या पहिचान गरी छिटो निष्कर्षमा पुग्न सकिने कुरा बताउनु भएको थियो। प्रहरीसँग नागरिकको शान्ति सुरक्षासँग सम्बन्धित एक दिवशीय अन्तरक्रिया कार्यक्रममा सोधिएका प्रश्नहरु को जवाफमा उहाँले सो कुरा बताउनु भएको हो ।

उक्त कार्यक्रममा भरखरै सम्पन्न गरिएको ८ दिने नेतृत्व विकास र तनाव व्यवस्थापन तालिम, सकारात्मक सोच, व्यक्तित्व विकास तथा उद्घोषण तालिममा सहभागी प्रशिक्षकहरु, प्रशिप्रार्थीहरु

‘आर्थिक सहयोग, भौतिक, प्राविधिक सहयोग गर्नु हुने सम्पूर्णलाई प्रमाण पत्र प्रदान गरिएको थियो।
ऊक्त कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि उपत्यका प्रहरी कार्यालय रानी पोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक श्री श्याम लाल ज्ञवालीलाई संस्थाको तर्फबाट सम्झना स्वरूप मायाको चिनो प्रदान गरिएको थियो ।
मनतव्यका क्रममा नागार्जुन नगरपालिका वडा नं २ का वडाअध्यक्ष

श्री थुमराज केसीले नेपाल प्रहरीद्धारा ठूला माछा भखरै समातिएका देखेका छौ, यसैगरी साना माछाहरूलाई समात्न शुभकामना दिनु हुँदै हामी वडा नं २ का निर्वाचित सम्पूर्ण जन प्रतिनिधि र यहाँ उपस्थित सम्पूर्ण नागरिकहरू तपाईहरु(नेपाल प्रहरी)लाई धन्यवाद र शुभकामना दिन उपस्थित भएको कुरा बताउनु भएको थियो। उहाँले रुम्बाचोक बाटो सम्बन्धि उठेको प्रश्नको उत्तर दिँदै Bigmart तिनघरे सामुदायिक सम्मको बाटोको लागि ४.५ करोडको टेण्डर भएकोमा papar समस्या परी rebidding गरी १ हप्तामा प्राविधिक मूल्याङ्‌कन गरी काम हुने,ठूलो बजेट भएकाले वडा मात्रैले गर्न नसक्ने वताउनु भएको थियो। सिलण्डोलमा ट्यापे तथा फोहोर व्यवस्था पन वारे गरीएको प्रश्नको उत्तर दिदै उहाँले सामुदायिक सेवा तथा सामुदायिक प्रहरी सेवा केन्द्र, प्रहरी वृत स्वयम्भूसँग समन्वय गरी जनचेतना सहित अघि बढ़ने, फोहोर  व्यवस्थापन सम्बन्धमा नेप्सेम्याक भन्दा सस्तोमा अरू कुनै- कोही कसैले गर्न सक्छ भने सम्पर्क गराइदिन आग्राह गर्दै आफ्नो भनाई टुक्रयाउनु भएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै यस कार्यक्रमकाअतिथि जिल्ला प्रहरी कार्यालय काठमाण्डौंका प्रवक्ता  प्रहरी उपरिक्षक श्री सीताराम

रिजालले हामी किन यसरी नागरिकसँगै अन्तरक्रिया गर्छौ भने यो हाम्रो Public audit हों।आम नागरिकको अपेक्षा के हो ? हामीबाट के भैरहेको छ बुझ्न तथा नागरिक र प्रहरीको GAP  खोज्न यो सुनुवाई, अन्तर किया गरिएको जानकारी दिनु  भएको थियो। उहाँले प्रहरीको आँखा Bull काे जस्तो र आमनागरिकको हेराई आकाशबाट चराले उडेर सानो आँखाले हेरेको जस्तो हुने बताउदै हाम्रो देशमा free मा सूच्या प्राप्त हुने वताउनु भएको थियो ताकी विदेशमा मसँग यस्तो सूचना छ कति मूल्य पाउँछु भनेर Barkening गर्ने उदाहरणहरू रहेको बताउनु भएको थियो। उहाँले प्रहरी front line मा वसेर काम गर्ने भएकाले ताली र गाली दुवै खाने बताउतु भएको थियो। प्रहरी पनि यहि समाजको Product हो अन्य कुनै ग्रहबाट आएको हैन भन्दै काठमाण्डौको जनसंख्या २७ लाख छ अहिले बाहिरबाट आएका र यहाँ बस्ने गरी झन्डै ५० लाख, जनसंख्या हेर्नुपर्ने हुन्छ जहाँ की २७ लाख मात्रै काउन्ट गर्दा पनि १ सुरक्षा कर्मीले ६१९ जना नागरिकको सुरक्षा गर्नपर्ने देखिन्छ टोटल हिसाब गर्दा एक जना सुरक्षाकर्मीले ११००/१२०० जना public काे सुरक्षा गनुपर्ने देखिन्छ । उहाँले ठाउँ अनुसार केशहरू फरक फरक हुने कपन, केशमा पनि एउय Private CCTV क्यामराले अपराधी सम्म पुग्न सफल भएको बताउनुभएको थियो। उहाँले हाल आर्थिक अपराधका केशहरू बढी भएका, साइवर अपराध, लागु औषध, लगायत विभिन्न अपराधीक कृयाकलाप समाजमा भैरहन्छ र त्यसको न्यूनीकरण गर्न तपाईं हामी एक साथ अगाडी बढन पर्दछ भन्दै विभिन्न अपराधमा सजाय पाएको व्यक्तिले नेपालमा जागिर पाउँदैन विदेश जान पनि पाउँदैन भन्नुभयो। आजको यस विशाल नागरिक उपस्थितीले  हामीहरुको हौसला बढाएको जानकारी गराउदै हरेक चुनौतीहरुमा हाते मालो गर्दै अगाडी बढने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो। उहाँले प्रहरी संगठन वदमासलाई डर  र सज्जनलाई भर दुवै भएको स्पष्ट पार्नु भएको  थियो ।

सभामा उपस्थित सम्पूर्णलाई धन्यवाद दिदै कार्यक्रमका सभापति

तथा सामुदायिक सेवा तथा  सामुदायिक प्रहरी सेवा केन्द्र ईचगुनारायणका अध्यक्ष श्री प्रताप दानीले आजको यस विशाल नागरिक उपस्थितीले आफूलाई थप उर्जा मिलेको, सहकार्यगंदै अगाडी बढ्न आफू कटिबद्ध रहेको बताउनु भएको थियो । समाज सेवाको भावनालाई आफूले सधै कदर गर्ने र थप सल्लाह, सुझावको संधै अपेक्षा गरिरहने बताउदै  यो संस्था २४ सै घण्टा सेवामा रहेको जानकारी गराउनु भएको थियो उहाँले आफूले जे देख्यो त्यही भन्नु पर्ने, सत्य तथ्यको पक्षमा बोल्नुपर्ने तथा जस्ताको तस्तै भन्नु भएमा समाज सुधार गर्न सकिने स्पष्ट पार्दै याे विश्वास सधै कायम राख्ने वाचा गर्दै, यो भव्य अनी सभ्य कार्यक्रममा उपस्थित सम्पूर्णलाई हार्दिक आभार प्रकट गर्दै सभा विर्सजन गर्नु भएको थियो ।