
मतदान स्थल अनुगमन
२०८० बैशाख ९, शनिबार १९:५९
९५

मिति : २०८०-०१-०९ गते ।
===============
वैशाख १० गते प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुन गईरहेको चितवन क्षेत्र नं. २ का मतदान स्थलहरूको अनुगमन गरिएको छ । आज आयोजित एक कार्यक्रमका बीच नेपाली सेनाको मध्य पृतना हेडक्वाटरका पृतनापति उपरथी होमनाथ दवाडी, बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणा र सशस्त्र प्रहरी बल नेपाल नं. ३ बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक लक्ष्मण सिंह सहितको संयुक्त टोलिले उक्त स्थलहरूको अनुगमन गर्नुभएको हो । अनुगमनका क्रममा उहाँहरूले निर्वाचन स्थलमा खटिएका सुरक्षा निकायका कर्मचारीहरूलाई आपसी समन्वयद्वारा प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन आवश्यक निर्देशन समेत दिनुभएको थियो ।