Advertisement

व्युटिसियन तालिमको अनुगमन । –

२०८० बैशाख ६, बुधबार १९:०३
६१
तीखोकलम

बैशाख-०५, पोखरा ।
गण्डकी प्रदेश नेपाल प्रहरी श्रीमति संघ,पोखराले संचालन गरेको ३९० घण्टे आधारभुत व्युटिसियन तालिमको संघका पदाधिकारीहरुद्वारा अनुगमन गरिएको छ ।
नेपाल प्रहरीका परिवारजनलाई व्यवसायिक सिप प्रदान गरी स्वरोजगार तथा आत्मनिर्भर बनाउने उद्देश्यका साथ संघले ईच्छुक प्रहरी परिवारलाई गत चैत्र १३ गते देखी आधारभुत व्युटिशियन तालिम प्रदान गरिरहेको थियो । प्रहरी परीवारका ११ जना प्रशिक्षार्थीहरु सहभागिता रहेको उक्त तालिम असार १२ गते सम्म सञ्चालन हुनेछ । तालिममा सहभगिको सिकाईको अवस्थाको मुल्याङकन गर्न संघकी अध्यक्ष अनिता गुरुङ लगायत अन्य पदाधिकारीबाट गरीएको उक्त अनुगमनमा प्रशिक्षार्थीहरुसंग बोल्दै अध्यक्ष गुरुङले तालिमबाट दैनिक तथा व्यावसायिक जिवनमा आवाश्यक पर्ने उच्चतम दक्षता हासिल गर्ने गरी सिकाईमा सहभागि हुन शुभकामना प्रदान गर्नुभयो ।