
आजदेखि बिक्रमसम्वत (२०८०) सुरु भएकोछ !

आजदेखि बिक्रमसम्वत (२०८०) सुरु भएकोछ ! नयाँ बर्षले हरेक सर्वसाधारण जनताको पीडामा खुसि थप्ने कोसिस गरोस यहि मेरो शुभकामना छ !! २०७९ साल केहि ठिक केहि बेठीक का साथमा व्यतीत भयो सबैलाई थाहा भएको कुराहो !! गणतन्त्र शासक हरुले तिनै चरणको चुनाव सम्पन्न त गरे जसरि पनि जनता बुल्लु बनाएर एकल रूपमा प्रस्तुत भएपछि हारिन्छ जनता जग्न सकिन्न भनेर पनि जसरि हुन्छ गठवन्धन गरेर भएपनि दलदलमा फसेका दलहरू सफल भएका छन तर देश र जनताको सफलता भने जिउकातिउ नै रह्यो भन्दा कत्तिपनि फरक छैन ??
👉️ बितेको २०७९ ले रास्ट्रपति पायो उपरास्ट्रपति पायो,प्रधानमन्त्री पायो चुनावको ४ महिनासम्म भएपनि अपुरो मन्त्री मण्डल पायो,२१ मन्त्री एउटै पार्टीको नेतृत्वले पायो,तर सर्वसाधारण जनताले मिटरब्याजि महङ्गि बजार,चरम महङ्गो कर,न्याय सास्ति केहि पाउन सकेको छैन !!
👉️ हिज सामन्तबाद का नारा दिएर केहि छुटपुट २/४ जमिनदार हरु र २/४ जिल्ला मा भएका राजाहरु लखेटेर आज हरेक गाउँ गाउँ वडा वडा नगर जिल्ला प्रदेश संघमा दशौ हजार राजा र सामन्तिहरुको जन्म भएकोछ !! जनमतको अनादर भएकोछ अधिनायकवाद र बिदेशी नितिसिधाान्त ले ठाँउ पाएकोछ दिनप्रतिदिन कार्य फराकिलो पार्दै बिस्तार गर्न सफल भएको छ !!
👉️ गणतन्त्रको दिल्लीमा बनाईएको लड्डु ख्वाएर जनता लठ्ठयाईएकोछ ! राष्ट्रिय ढुकुटी छिन्नभिन्न पारिएकोछ बिदेशी बैंकमा कालोधन सुरक्षित गरिएकोछ ! देशमा भएका उध्योग हरुको निर्मुल नास गरेर अन्तर्राष्ट्रिय स्तरमा सेयर कारोबार तथा उध्योग धन्दा फस्टाईएकोछ ! पटमुर्ख नेपाली भोटर लाई मासुभात मा किनिएकोछ ! दिनदहाडै काण्ड नै काण्ड गराईएकोछ,कुनचाहि काण्ड यहाँ उल्लेख गर्नु सिसिटिभि काण्ड,कार्यक्रता पक्षपोषण काण्ड गभर्नर काण्ड एमसिसि एसपिपि बाट प्राप्त रकम काण्ड लाखौ लाख प्रतेक ब्यक्ति ब्यक्ति मा काण्ड भएका छन !!
👉️ यि सबै सामन्तीप्रथा तथा अधिनायकवाद हरुको काण्ड कस्ले छुट्ट्याउने न्याय न्यायपालिका यिनि सामन्ती हरुको पन्जामा अख्तियार यिनै सामन्तीको पन्जामा,व्यबस्थापिका यि आफै भैहाले सबै सबै यिनकै पन्जामा जसरि हुन्छ गठवन्धन गरेर होस वा दिल्ली को सहायता लिएर होस,अमेरिकि युरोपियन हरुको डलर लिएर होस वा देशको आफ्नै भु-भागका बारेमा विरुद्ध बोलेर होस सामन्ती हरुको अधिनायकवाद तथा अन्तर्राष्ट्रियबाद सफल भएकोछ भन्नुपर्छ ! गणतन्त्र जातीयता को नसा मिसावट गरिएको दिल्ली को लड्डु को स्वादमा जनता लिप्त छ कालो लाई सेतो र सेतो लाई कालो सम्म भन्न भ्याउछ आज नेपाली जनताले ??
👉️ यि यावत भ्रष्टाचार ब्यथितिका कुरा मानिस त के हजार जिब्रा भएका शेषनाग ले पनि बर्णन गर्न समय लाग्नेछ ! तेसैले नयाँ बर्ष (२०८०) ले भ्रष्टाचारि सामन्ती अधिनायकवाद हरुको बुद्धिमा घाम लाग्ने भन्ने त प्रसङ्ग नै उठदैन ? तर नेपाली जनताको बुद्धिको बिर्को खुलोस बुद्धिमा घाम लागोस देस डुब्ने स्थितिमा भन्दा पनि किनारमा पुगेको अबस्थामा छ ? यस्तो बाताबरणमय भएको राष्ट्र राष्ट्रियता गुम्न नदिनका लागि आम नेपाली जनतामा सदबुद्धि पलावस एक ढिक्का भएर यि हजारौ हजार सामन्ती राजाहरू सङ्ग जनबिद्रोह मा सामिल भएर पनि देशका लागि आवाज उठाउन सकियोस बल साहस थपोस २०८० ले यहि सम्पुर्ण नेपाली मा शुभकामना व्यक्त गर्न चाहन्छु ??
देश तथा बिदेशमा बस्ने सम्पुर्ण नेपाली को सदबुद्धि आवस देश डुब्न लाग्यो बचाउन पर्छ भन्ने भावनाले प्रेरित होस ! बिदेशी शक्ति तथा तिनका दलाल हरुको विरुद्धमा जित सुनिश्चित होस !! आराध्यदेव भगवान श्री पशुपतिनाथले सबैको कल्याण गरुन ?? जय सम्भो,हर हर माहादेव,,जय नेपाल !!🇳🇵🇳🇵🇳🇵💐💐💐💝💝💝🇳🇵🇳🇵🇳🇵🌷🌷🌷🙏🙏🙏🌹🌹🌹❤️