Advertisement

नबबर्ष २०८० सुखमय होस्,हार्दिक मंगलमय शुभकामना”तिखाे कलम मिडिया प्रा.लि”.

२०८० बैशाख १, शुक्रबार ०७:०९
११२
तीखोकलम

आज नया साल अर्थात् नया बर्षको पहिलो दिन,प्रारम्भ बिन्दु,शुरुवाती चरण ।
दिन र रातमा भिन्नता केबल कालो र सेतोबाट हुन्छ,दिनमा सूर्य उदाउछ,रातमा तारा र चन्द्रमा ।
साच्चै यो दिन र रातको शुरुवात कहिलेबाट कसरी भयो र यो शुरूवात भएको कति भयो होला ?
र समयको शुरुवात कहिलेबाट कसरी भयो होला?
धेरै कुरा अझै रहस्यमय नै रहेता पनि यो चै भन्न सकिन्छ,संसारको उत्पत्ति भएपछि विभिन्न बोट,बिरुवा जीव,जनावर,पसु-पंक्षी,आदिको उत्पत्तिसंगै मान्छेको उत्पत्ति भयो र मान्छेमा बुद्धि र विवेक पनि भएका कारण विभिन्न कुराहरुको खोजबाट आजको आधुनिक युगसम्म आइपुगियो ।
मान्छेले आफ्नो जीवन सहज बनाउने उदेश्यले समयलाई मापन गर्न थालेको हुनुपर्छ,सबैभन्दा पहिला आफ्ना शरीरका अंगहरु आँखा,कान,हात-खुट्टाका औला हुँदै सायद मान्छेले आफ्ना सन्तान र आफन्तको गन्ती गर्न नम्बरको प्रयोग गर्न थालेको हुनुपर्छ र पछि हाम्रा विद्वान् पूर्खाहरुले त्यही अङ्कको सहारामा समयलाई विभिन्न आधारमा गणना गर्ने प्रचलनको शुरुवात गरेका हुन् भन्न सकिन्छ,त्यसैले नया साल समयको गणनाको एक प्रक्रिया हो ।
यसबाट मानिसको उमेरमात्र नभई जीव,जनाबरको उमेर र भौतिक संरचना आदिको समेत आयु र आबश्यक्ता आदिको सजिलै ब्यबस्थापन गर्नमा मद्दत पुग्न गयो ।
सोचौ त यदि सालको गणना हुदैन थियो भने को कति बर्ष भयो,कहिले के घटना भयो र कुन कुरा कहिले बन्यो आदि थाहा हुने थिएन ।
हुन त सदाको दिन नया दिन र नयाँ बर्ष हो तर त्यसमा पनि आजको दिनलाई समयको एउटा चक्रको पहिलो दिनको रुपमा पूर्खाहरुले विभिन्न अध्ययन गरेर बिशेष दिनको रुपमा नया बर्ष भनेर मान्दै आएकाले आजको दिन हामी सबैको लागि बिशेष दिन हो,यस दिन विभिन्न प्रतिज्ञा गर्ने वा विभिन्न कामको शुरुवात गर्ने वा भाका राख्ने आदि प्रचलन पनि पाइन्छ भने आजभोलि सबैजना जम्मा भएर रमाइलो गरेर मनाउने पनि गरिन्छ ।
आजको यस महत्त्वपूर्ण दिनमा सबैको अमूल्य मानव जीवन ब्यर्थमा खेर नजाओस् र माता,पिता,गुरु र प्रकृतिको ऋण तिर्न र माटोको ऋण चुक्ता गर्न सक्ने एउटा सार्थक जीवन र सफल जीवन बन्न प्रेरणा मिलोस्,हरेक ब्यक्तिको जीबनमा मात्र नभई समाज,देश र बिश्वकै जीबनमा सकारात्मक संकेतहरु देखा परोस्,सबैलाई नबबर्ष २०८० सुखमय होस्,हार्दिक मंगलमय शुभकामना ।”तिखाे कलम मिडिया प्रा.लि.”परिवार!