आलुको कथा ! नेपाली अर्थतन्त्रको व्यथा !

आलुको कथा ! नेपाली अर्थतन्त्रको व्यथा !
सानो भूगोल भएर पनि हावापानी र उचाइमा भएको विविधताले गर्दा नेपाल मात्र यस्तो देश हो जहाँ वर्षका ३६५ दिन नै आलु रोप्न/लगाउन सकिन्छ !
यसैगरी ३६५ दिन नै आलु खन्ने र थन्क्याउने गर्न सकिन्छ !
आलुको लागि यति सम्भावना भएको देशमा,
भारत, चीन, भुटान, बाङ्लादेश लगायत अनेकौं देशबाट मासिक एक अर्ब भन्दा बढी मूल्यको आलु विदेशी मुद्रामा खरिद गरेर ल्याइन्छ ।
अर्थात वार्षिक रूपमा १२ अर्ब भन्दा बढी होला ……!
झण्डै ४० वर्ष अगाडि FAO मार्फत नेपालका एकजना आलु विशेषज्ञ (नाम भुलेछु) भुटानमा गएर त्यहा परम्परागत रूपमा भैरहेको आलु खेतीमा जातीय गुणस्तरमा सुधार गर्दै आधुनिक प्रबिधिबाट आलु खेती गर्न सिकाएको इतिहास छ ।
अहिले त्यै भुटानबाट करोडौं मूल्यको आलु नेपालमा आउँछ ।
अझै नेपालमा आलु चिप्स र यस्तै परिकार तयार गर्न त भुटानी आलुको नै प्रयोग गरिन्छ । किनकी यिनको आकार प्रकार एकैनासको हुन्छ र यसमा पानीको मात्रा कम हुन्छ (High Dry Matter हुन्छ) र चिप्स बनाउन अझै उपयुक्त हुन्छ ।
नेपालमा आलु उत्पादनको यस्तो संभावना हुँदा पनि,
आलु समेत उत्पादन गरेर खान नसक्ने देशको अर्थतन्त्रले आलु नखाएर के खान्छ त ?
सरकार, नीतिनिर्माता, कृषि मन्त्रालय, दलहरू, नेताहरू देखि कृषिविदहरुको आँखा कहिले खुल्ला?
Credit: Nil Kantha Sharma