
हनुमान जयन्तीको तिथि कात्तिक महिनाको कृष्ण पक्षको चतुर्दशी तिथी र चैत्र महिनाको शुक्ल पक्षको पूर्णिमा तिथी गरेर दुवै दिनलाई मानिएको छ ।

हनुमान जयन्तीको तिथि कात्तिक महिनाको कृष्ण पक्षको चतुर्दशी तिथी र चैत्र महिनाको शुक्ल पक्षको पूर्णिमा तिथी गरेर दुवै दिनलाई मानिएको छ । चैत्र महिनाको पूर्णिमाका दिन स्त्री पुरुष बाल वृद्ध सबैले पवित्र नदीमा स्नान गरेर आफूलाई पवित्र तुल्याउँदछन्, यस दिन घरघरमा लक्ष्मी-नारायणलाई प्रसन्न तुल्याउन व्रत सम्पादन गरिन्छ र सत्यनारायणको कथा श्रवण गर्ने प्रचलन छ ।
शास्त्रमा मतैक्य नहुनाले चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानजीको जन्म दिवस मनाउने त गरिन्छ, यद्यपि वायु पुराणादि-अनुसार कार्तिक महिनाको शुक्ल चतुर्दशीका दिन हनुमान् जयन्ती अधिक प्रचिलित छ, तर पहिलो जन्म दिवस हो भने दोस्रो विजय अभिनन्दन महोत्सव हो ।
=============
हनुमान र बांदर रुप
==============
वास्तवमा बाँदर जाति विंध्य पर्वतमालाको दक्षिणमा निवास गर्ने एक वनचर जाति थियो भन्ने विश्वाश गरिन्छ। बाँदर, रीछ, जययु, यी सबै ‘टाटेम’ (चिहृन) जातिहरू थिए। जसरी उत्तर भारतमा एउटा ऋषिको सन्तान एक गोत्र हुन्छ, त्यसरी नै दक्षिण भारतमा एउटा चिहृन (टाटेम) हुन्थ्यो।
यिनीहरू पशुपक्षी नभएर मनुष्य थिए। यथार्थमा हनुमान बाँदर गोत्रीय आदिवासी थिए। बानर उसको ‘टाटेम’ थियो। यिनीहरू बानरको भेषभूषा बनाई राख्दथे। एउटा कृत्रिम पुच्छर पनि पछाडि झुण्ड्याउँथे। आधुनिक भारतको आदिवासीहरूमा यस्तो ‘टाटेम’ या गोत्र वर्तमान छ। रामायणकालीन बानर मनुष्यजस्तै सम्पन्न थिए। मानवको भाषा नै बोल्दथे, वस्त्र लगाउँथे। पुरुष-स्त्री सम्बन्ध, धर्म अधर्म विचार पनि यिनीहरूकोमा थियो।