Advertisement

सामाजिक सञ्जाल टिकटकमा पैसा देखाई भिडियो पोष्ट गर्ने व्यक्तिलाई निगरानीमा राखिएको

२०७९ चैत्र २३, बिहीबार १६:२४
५२
तीखोकलम

राष्ट्र बैंकले बिभिन्न मितिमा संचार माध्यमबाट सुचना जारी गरी ओछ्यानमा पैसाको नोटमाथि सुत्ने व्यक्तिहरु माथी खोजी कार्य थालेको भन्ने समचार प्रकाशन पश्चात सो सम्वन्धमा यस परिसर समेतको ध्यान आकर्षंण भएकोमा त्यस्तो कार्य गर्ने मानिसहरुको खोज तलास गर्दै जादा सामाजिक सञ्जाल TikTok मा यस नाम Fi_Venom99 ID प्रयोग गरी एक हजार,पाँच सय दरका नोटहरु राखी फोटो भिडियो पोष्ट गर्ने महोत्तरी जिल्ला बर्दिबास-१ स्थायी घर भई हाल ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नं.-५ टिकाथली बस्ने Fi_Venom99 ID प्रयोगकर्ता सुलभ आचार्यलाई यस परिसरमा झिकाई सोधपुछ गर्दा अध्यनको लागी बिदेश जाने क्रममा कलेज फि बुझाउन बैकबाट पैसा निकाली रमाईलोको लागी खाटमा पैसा बिछ्याई भिडियो बनाएको भनि कागज गरेकोमा सो सम्वन्धमा अनुसन्धान गर्दा उक्त रकम एभरेष्ट बैंकबाट निकालेको देखिएकोले अव उप्रान्त यस्ता प्रकारका गतिविधी नगर्ने सर्तमा निजलाई निगरानीमा रहने गरी सचेत गराई छाडिएको छ।