
प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाद्वारा पदभार ग्रहण तथा निर्देशन
२०७९ चैत्र २३, बिहीबार ०५:२०
५१

मिति : २०७९-१२-२२ गते
नेपाल सरकार गृह-मन्त्रालय (माननीय मन्त्रीस्तर)को मिति २०७९।१२।१७ गतेको निर्णायानुसार बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा सरुवा भई आउनुभएका प्रहरी नायव महानिरीक्षक किरण राणाले प्रदेश प्रहरी प्रमुखको रुपमा आफ्नो पदभार ग्रहण गर्नुभएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा आज आयोजित एक कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख राणाले आफ्नो पदभार ग्रहण गर्नुको साथै प्रदेश प्रहरीको बस्तुस्थितिको बारेमा जानकारी लिनुभएको हो ।
पदभार ग्रहण पश्चात् प्रदेश प्रहरी प्रमुख राणाले बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा कार्यरत सकल दर्जाका प्रहरी कर्मचारीहरुलाई आवश्यक विभागिय निर्देशन समेत दिनुभएको छ ।