Advertisement

पार्टी  र जिम्मेवार नेताहरु ले आगामी दिनमा गर्नु पर्ने कामहरू

२०७९ चैत्र २०, सोमबार १६:४१
४५
तीखोकलम

पार्टी  र जिम्मेवार नेताहरु ले आगामी दिनमा गर्नु पर्ने कामहरू
1)ससद र जनता सहकार्य अभियान थालनी
कुनै निर्वाचन क्षेत्र मा पनि निर्वाचित ससद ले आफ्नो निर्वाचन क्षेत्र का प्रत्येक नगर गाउ पालिका का वडा र टोल टोल मा जाने जनताका समस्या वुझ्ने स्थानीय तह लाई समेटेर समस्यालाई सम्बोधन गराउन सहयोग गर्ने केही विशेष महत्व का विषय भय ससद मा सम्वोधन गर्ने नभय समस्या हल गर्न वजेट आवश्यक छन भने निकासा को पहल गर्ने।
2)ससद नजितेका केही निर्वाचन क्षेत्र मा पाटीका केन्द्रीय प्रदेश जिल्ला का नेताहरु निरन्तर क्रियाशील हुनुपर्छ त्यस ठाउँ मा हामीले निर्वाचन सफलता पायनौ अन्य पाटीले का उम्मेदवार ले जित्नु भयो भने अन्य पाटी को कार्यकर्ता को कुरा सुन्ने प्रचलन छ तर हामीले जनता को कुरा सुन्नुपर्छ र निरन्तर सहयोग गर्नुपर्छ।
3)प्रत्येक निर्वाचन क्षेत्र मा केन्द्रीय प्रदेश र स्थानीय निकाय को बजेट र योजना हरु सकलन स्थानीय स्तर मा जनतालाई जागरूक गराउने र सही सदुपयोग भयको नभयको निगरानी गरिरहने।
4)पाटी का सगठन एवम सदस्यता निर्माण मा विशेष ध्यान दिने,कार्यक्रम हरु निरन्तर सञ्चालन गरिरहने।
5)पाटी को आधारभूत तह भनेको स्थानीय तहका जनता र सगठन नै हो त्यसलाई लाई मजबुत वनाउन प्रत्येक स्थानीय तहमा एक वर्ष मा एक उत्पादन पाच व्यक्ती लाई स्थायी रोजगार कार्यक्रम सञ्चालन गर्नू पर्छ।त्यसको लागी तराई मा तरकारी धान गहु लगायत अन्न उत्पादन र उधोगहरु सञ्चालन गर्नुपर्छ भने पहाड हरुमा फलफूल खेती पशुपालन व्यापार व्यवसाय सञ्चालन,हिमाली क्षेत्र हरुमा पर्यटन व्यवसाय स्याउ फापर कोदो उत्पादन भेडा च्याङ्ग्रा को व्यवसायीक पालन गरी बृहत उत्पादन मा जोड दियर बैकल्पिक राजनीतिक शक्तिको रूपमा अगाडी बढी मा राज्यको निति वनाउन रा स्व पा र नेता ज्यु हरूले भुमिका खेल्नुपर्छ।
6)युवा हरूलाई स्वरोजगार वनाउन प्रत्येक निर्वाचन क्षेत्रबाट कुनै विशेष कार्यक्रम हरू खेलकुद,कृषि पर्यापर्यटन,पार्कहरू सञ्चालन र उत्पादनका का वस्तुहरूलाई व्यवस्थीत र निर्यात प्रवर्द्धन गराउन सहयोग गर्ने।
7)लघु जलविद्युत,साना उद्योग हरू स्थानीय स्तर मा सञ्चालन गर्न अभिप्रेरित गर्ने जस्तै चप्पल,युज एन्ड थ्रो प्लेट ग्लास ,अगरबत्ती मसला उत्पादन गर्ने उधोग हरु महत्वपूर्ण जडिबुटी हरु सङ्कलन र प्रशोधन लगायत अन्य विभिन्न कार्यक्रम सञ्चालन गर्न आग्रह गर्ने।
8)स्वास्थ्य सेवा लाई प्रभावकारी ढङ्गबाट सञ्चालन गराउन र सेवा प्रदान गर्न वजेट र आवश्यक जनशक्तिलाई विकास गराउन सहयोग गर्ने।स्वस्थ्य सेवा लाई निःशुल्क बनाउन पहल गर्ने।
9)डिजेल पेट्रोल र ग्यास विस्थापित गरी इलेक्ट्रिक सवारी ईन्डक्सन चुलाको सुरूवात गर्ने।जसले नेपाली रकम विदेशिन रोकिन्छ साथै वातावरण स्वच्छ हुन्छ । हाम्रो पार्टी ले हरियाली कायम गर्न रुख रोप्ने अभियान त चलायो तर वायुमण्डल खराब भयर त्यो रुख विरुवा हुर्कन्नै नसक्ने कार्बन वायुमण्डल मा छ त्यसलाई रोक्न वायुमण्डल प्रदूषित को कारण डिजेल पेट्रोल रोक्ने अभियान सञ्चालन गरेको छैन त्यसलाई ध्यान दिन जरुरी छ ।
10 )विकास निर्माण मा वायुमण्डल विनास, भूक्षय रोक्न,माटो वचाउन डिजेल पेट्रोल वचाउन रोजगार सिर्जना गराउन अत्यावस्यक स्थान हरू वाहेक जनशक्तिलाई परिचालन गरी डोजर लोडर हरूलाई प्रतिबन्ध लगाउने ।
11)सडक वाल वालिका तथा वृद्ध असहाय नागरिक हरूलाई सरकार ले भवनहरु र संरक्षण गृह सञ्चालन गर्ने र गराउन सहयोग गर्ने।
12)शैक्षिक गुणस्तर सुधार का निम्ति शिक्षक र विधार्थिलाई राजनीतिक दल र कार्यक्रम वाट टाढा वनाउनु पर्छ भने विधालयका व्यवस्थापन समितिलाई गैरराजनिक व्यक्ती वाट समिति चयन गराउनुपर्छ
13)अदालत, अख्तियार ,लगायत संवैधानिक निकाय मा स्वच्छ र गैरराजनिक व्यक्ति लाई नियुक्त गर्ने
लगायत अन्य धेरै काम गर्न जरुरी छ