Advertisement

सरकार। तिमी कहाँ छौ??

२०७९ चैत्र २०, सोमबार १६:३३
८७
तीखोकलम

उत्पादनमुलक अर्थतन्त्रको कुरा गर्दा कम्तिमा यति गर सरकार।
तिमी कहाँ छौ??
१) संस्थागत बचतमा बढिमा २% ब्याज दिने। कुनै पनि संस्थाले आफ्नो उदेश्य अनुसार खर्च गर्नु पर्छ बचत गरी ब्याज खाने होइन। संस्थागत बचतमा उच्च ब्याज दिँदा अल्छि अर्थतन्त्रको विकास हुन्छ।
२) उत्पादन कर्जा र व्यापार कर्जाको फरक ब्याजदर कायम गर्नु पर्ने।
३) उत्पादन मुलक उद्योगको लागि संस्थागत बचत मध्येबाट ५% मा नबढ्ने गरी ऋण प्रवाह गर्नु पर्ने।
४) व्यापार कर्जाको ब्याजदर आयातमा भए १९% र स्वदेशी उत्पादन भए १५% मा नबढ्ने गरी ऋण प्रवाह गर्नु पर्ने।
५) यसो गर्दा एकातर्फ व्यक्तिगत बचतकर्ताले वचत प्रोत्साहित ब्याज पाउने छन् भने अर्कातर्फ स्वदेशी उत्पादनले ग्रहायता पाउने भई व्यवसायीहरु उद्यमी हुँदै जाने र आयात प्रतिस्थापन हुदै जाने छ।
६) स्वदेशमा खपत हुने गरी माग भएको विद्युत् जडान महिनौ/वर्षो सम्म पर्खंदा पनि जडान नहुने प्रवृत्तिको अन्त्य गर्नु पर्दछ। के कारण यस्तो भइरहेको छ त्यसको यथाशीघ्र समाधान खोजिनु जरुरी छ।
७) भूमि सुधारका धेरै हल्ला खल्ला सुनियो समय पनि लाग्ला तर यथासंभव कम्तिमा जग्गाको नक्सा सुधार गरी उत्पादकत्व वृद्धि गर्न भू -बनावटमा सुधार गर्ने।
८) एक भन्दा बढी आवासीय सम्पतिमा व्यवसायिक कर लगाउने।
९) कृषि र औद्योगिक जग्गा अवश्यकता अनुसार लिजमा उपलव्ध गराउने।
१०) औद्योगिक क्षेत्र भित्र उद्योग मात्र रहन पाउने व्यवस्था गर्ने।