Advertisement

अर्जुनधारामा स्वागत !!

२०७९ चैत्र १८, शनिबार १७:३७
४७
तीखोकलम

पूर्वकाे पशुपति नाथले परिचित अर्जुनधारा जलेश्वर धाममा आज प्रतिनिधि सभा सदस्य चेली माननीय सोबिता गौतम (पुर्खु/४६)लाई अर्जुनधारा गौतम समाजका अध्यक्ष भाेलानाथ गाैतमले दाेसल्ला ओढाएर स्वागत सहित सम्मान गर्नु भएको छ।
झापा जिल्ला गौतम समाजका अध्यक्ष श्री नीतिरमण गौतम,सह-सचिव बिष्णु गौतम र जिल्ला सदस्य लोकनाथ गौतम अर्जुनधारा नगर समिति सचिव महानन्द गाैतम लगायत नगरका सम्पूर्ण पधाधिकारीहरुको उपस्थितिमा माननीय सोबिता गौतम (पुर्खु वंश ४६) लाई स्वागत गर्दै अझ धेरै प्रगतिकाे शुभ भावना प्रकट गरिएकाे छ।
स्वागत कार्यक्रममा अर्जुनधारा जलेश्वर धामका मूल अर्चक आचार्य अग्नि सिग्देल,महासचिव शिवलाल खतिवडा,कोषाध्यक्ष मनोज जोशी कार्यालय सचिव बिष्णु भट्टराई लगायतका धाम प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
उहाँलाई गाैतम समाज झापाले,गाैतम आश्रम काेटी हवनमा धेरै बन्धुहरुकाे उपस्थितिमा हिजो नै स्वागत सहित सम्मान गरेकाे थियो।