Advertisement

कठै बरा मेरो देश !!

२०७९ चैत्र ६, सोमबार १५:५६
४७
तीखोकलम

निजि स्कुलमा विद्यार्थी युनियन नचाहिने सरकारीमा मात्रै चाहिने किन होला ? धेरै नेताहरूले प्रायः भन्ने गर्छन् विद्यार्थीहरुले हकअधिकार बुझ्नु पाउनुपर्छ, सचेत हुनुपर्छ, राजनीति जान्न बुझ्न पर्छ भन्ने गर्छन्।
लौ यही कुरालाई एकैछिन मान्ने हो भने निजी क्षेत्रमा पढ्ने विद्यार्थीहरु चाहिँ लाटो लठ्याप्रो आफ्नो हक- अधिकार केही नबुझ्ने उत्पादन भइरहेका नै हुन त ?
फ़ेरि यस्तो भनेर तर्क दिनेहरु नै आफ्नो छोराछोरीलाई त्यही महंगो निजि स्कुलहरुमा पढाउने गर्छन् चाहे शेरबहादुर देउवाको छोरा होस् वा प्रचण्डको नातानातिनी देखि तल्लो तहको त्यही विद्यार्थी युनियन बाट राजनीति गर्दै अहिले नेता बनेकाहरु सम्मले आफ्नो छोराछोरीलाई भने निजि स्कुलमा पढाई रहेका छन्।

वास्तवमा कुरोको चुरो के हो भने बिशेश गरेर गरीब निम्नमध्यम बर्गका सन्तानहरुलाई विद्यार्थी युनियनको नाउँमा सरकारी स्कुललाई ढुंगामुढा गर्ने युवाहरूको भर्ती गराउने छाउनी बनाएको मात्रै हो, त्योभन्दा बढी केही होइन। युनियनको नाउँमा गरीबको छोराछोरी पढ्ने क्याम्पस सधैं हडताल बन्द तालाबन्दी खुकुरी खुंडा लौरो तरबार हानाहान हुने अनि धनीको छोराछोरी पढ्ने निजि क्याम्पसहरु सधैं खुला शान्त !!

लाखौं गरीबको छोराछोरीले शिक्षा आर्जन गर्ने थलोलाई पार्टीको लौरो बोक्ने भर्ती क्याम्प बनाएर यतिसम्म नांगो भेदभाव भइरहँदा पनि हाम्रो समाजमा कोही बोल्दैन ! कतै चर्चा चासो सम्म छैन कठै बरा मेरो देश !!