Advertisement

नेपालले कसरि जित्यो?

२०७९ चैत्र ३, शुक्रबार ०७:३९
९०
तीखोकलम

आज नेपालले कसरि जित्यो?
UAE ले ३११ को तार्गेट दियो तर नेपालले २६९ रन मात्र ल्याएर जित्यो।
एक दिवसीय खेल शुरु भएको ९ घन्टामा खेल सक्नु पर्छ। प्रत्येक टिमले ५० ओभर बलिङ गर्न ३.५ घन्टा पाउछन, बाकि समय लन्च , ड्रीन्क्स र विकेट ब्रेकमा जोडिन्छ।
आज पहिला UAE ले झेलि गर्‍यो, स्लो बलिङ गरेर, उस्को लक्ष्य भनेको जति सक्दो कम रन दिएर धेरै विकेट लिने तर खेल ढिला गरेर रात पार्ने वा पानी कुर्ने, त्यसो हुदा D/L मेथोड मा नेपाल हार्ने थियो। तर नेपालले आवस्यक रन रेट लिदै खेलेको थियो।UAE ले निर्धारित समयमा वलिङ सक्ने देखिएन। रंगशालामा बत्तिको समस्या भयो र रेफ्रीले D/L मेथोड लगाए जस अनुसार नेपालले ४४ ओभरमा ६ भन्दा कम विकेटको क्षतिमा २६० रन ल्याउनुपर्ने हुन्त्यो तर नेपालले २६९ रन ल्याएकोले बिजयि घोसित गरियो।
३.५ घन्टामा ५० ओभर बलिङ नगर्दा टिमलाइ कारबाहि हुन्छ, पोइन्ट घटाइन्छ, जरिवाना गरिन्छ, क्याप्टेन को म्याच सस्पेन्ड हुन्छ वा यस्तै। र डे नाइट म्याच भएमा बत्ति बालेर खेलाइन्छ भने डे म्याचमा बत्ति बालेर खेलाइदैन अर्थात दिउसोको प्रकासमा खेल सक्नु पर्छ।
सन १९९९ को बिश्वकपमा भारतले स्लो बलिङ गर्दा ४ ओभर जरिवाना भएको थियो।
आज UAE ले ढिलो गर्ने चक्करमा आफै सिकार भयो।
तर जितको आधार भने गुलसन झाले ४२ ओभरमा ल्याएको २० रन बन्न पुग्यो। जसकारण D/L मेथोडमा जित्न आवश्यक रन पुग्यो। UAE ले ढिला गर्दा गर्दै पनि आफ्नो रणनीतिमा सफल भएन। यता नेपालले पनि गुलसनलाइ अगाडि ल्याएर हिटर ऐरि लाइ ब्याक अप राखेर पछिलो पावर प्लेमा रन रेट बढाउने रणनीति बनायो जुन सफल पनि भयो।