
नवनिर्मित भवनको समुद्घाटन, १६ औं वार्षिक साधारण सभा तथा मौलिक पर्व त्युङल्आको

फाल्गुन २७,२०७९ नागार्जुन ३, काठमाडौँ।
मुस्ताङ जिल्लाको तीन गाउँले थकाली सेवा समाज काठमाडौंले आज मिति २०७९ फाल्गुन २७ मा नागार्जुन नगरपालिका वडा नम्बर ३ गैरी टोलस्थित हल्चोकमा नवनिर्मित भवनको समुद्घाटन (धिम्भ्रोवा) तथा १६ औं वार्षिक साधारणसभा आफ्नो मौलिक पर्व त्युङल्आको शुभकामना आदान प्रदान सहित सम्पन्न गरेको छ।
मुस्ताङ जिल्ला तीन गाउँले थकाली समाजका अध्यक्ष श्री छिरिङ् प्रसाद थकालीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि भूतपूर्व सामान्य प्रशासनमन्त्री कृष्णलाल थकाली, विशिष्ट अतिथि संविधान सभा सदस्य श्रीमाया थकाली, अतिथिहरु संस्थापक अध्यक्ष हरि बाहादुर थकाली ,मुस्ताङ जिल्ला समन्वय समितिका उपप्रमुख आइते लाल थकाली, पाँच गाउँ उद्धार समिति मुस्ताङका अध्यक्ष कुलबहादुर थकाली लगायत समाजमा आवद्ध करिब ४० घरपरिवारका सदस्यहरूको उपस्थिति रहेको थियो।
आजको प्रमुख कार्यक्रम नागार्जुन नगरपालिका ३ मा नवनिर्मित भवन उद्घाटन, १६ औं वार्षिक साधारण सभा ,आफ्नो मौलिक पर्व त्युङल्आको अवसरमा शुभकामना आदान प्रदान, नवनिर्मित भवन निर्माणमा चन्दादातालाई सम्मान स्वरुप खादा लगाई प्रमाणपत्र वितरण, महिला पुरुष एक आपसमा सम्मान कार्यक्रम तथा विविध सांस्कृतिक कार्यक्रम गरिएको थियो।
नवनिर्मित भवन विवाह, वर्तबन्ध, पारिवारिक जमघट तथा ८०/१०० जना को पार्टी गर्न सहज हुने र आवश्यकता परे भाडामा दिने गरी निर्माण गरिएको कुरा समाजका अध्यक्ष श्री छिरिङ प्रसाद थकालीले जानकारी गराउनुभएको छ।