Advertisement

“व्यवस्थित कृषि, सम्मानित कृषक” भन्ने नाराका साथ जिरे खाेर्सानी कृषि सहकारी संस्था लि.ले सञ्चालन गरिरहेकाे “१२ महिना १२ कार्यक्रम “

२०७९ फाल्गुन २४, बुधबार १९:०६
८६
तीखोकलम

“व्यवस्थित कृषि, सम्मानित कृषक” भन्ने नाराका साथ जिरे खाेर्सानी कृषि सहकारी संस्था लि.ले सञ्चालन गरिरहेकाे “१२ महिना १२ कार्यक्रम ” अभियान अन्तर्गतको विज्ञहरुसंगकाे अन्तरक्रिया कार्यक्रम मिती २०७९/११/२४ गतेका दिन संस्थाकाे कार्यालय प्राङ्गणमा सम्पन्न गरेकाे छ।
उक्त कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञहरुसंग अन्तरक्रिया गरिएको थियाे ।
संस्थाका अध्यक्ष सरस्वती बञ्जाराले अध्यक्षता गर्नुभएको साे कार्यक्रममा कृषि विज्ञकाे रुपमा गाेदावरी नगरपालिका कृषि शाखाका प्रमुख काेकनाथ घिमिरे,पुर्व कृषि प्रसार अधिकृत रवि कुमार के.सी.,पुर्व कृषि प्राविधिक दामोदर न्यौपाने,कृषि पत्रकार गाेमा पाण्डे, पशु विज्ञका रुपमा पशु सेवा शाखा गाेदावरी नगरपालिका ठैब शाखा प्रमुख अश्वस्थामा अर्याल,प्राविधिक पञ्चलाल महताे तथा सहकारी विज्ञका रुपमा गाेदावरी नगरपालिका सहकारी शाखाका प्रमुख ऋषिराम अधिकारीकाे उपस्थिति रहेको थियो ।
संस्थाका व्यवस्थापक श्री सौरब बन्जाराले सञ्चालन गर्नु भएको कार्यक्रममा संस्थाको विनियममा उल्लेख गरिए बमोजिमकाे उदेश्य ,कार्य तथा संस्थाकाे नवौं वार्षिक साधारणसभामार्फत पारित आ.व.२०७९/८० को वार्षिक कार्ययोजनाकाे विषयमा छलफल गरिएको थियो । आगामी वर्षको कार्ययोजना तथा संस्थाले निर्माण गर्दै गरेको संस्थाको दिर्घकालिन कार्ययोजनामा समावेश गर्न सकिने विषयमा विज्ञहरूको राय सुझाव लिइएको थियो ।
वास्तविक कृषकको पहिचान सुटेड बुटेड भएर चिल्ला गाडी हिडेर हुन नसक्ने र त्यसका लागि वास्तविक कृषकले अनुभूति गर्ने किसिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने विज्ञहरूको मुख्य सुझाव रहेको थियो ।
सो कार्यक्रममा विज्ञहरूको सुझावलाई आत्मसात गर्दै संस्थाले आगामी दिनहरुमा थप प्रभावकारी रुपमा कार्ययोजना तयार गर्दै अगाडि बढ्ने प्रतिवद्वता संस्थाका व्यवस्थापक सौरब बन्जारा एवं संस्थाका पदाधिकारीहरुले पनि संयुक्त रुपमा व्यक्त गर्नुभएको थियो ।
कर्म गर्ने सबै कृषक समान रहेकाे भान गराउनका लागि संस्थाले संस्थामार्फत आयोजना हुने हरेक कार्यक्रममा संस्थाका पदाधिकारी पनि संस्थाकै कर्मचारी सरह खटिने गरेकाे र कृषि क्षेत्रमा विचौलिया प्रवृत्ति उन्मुलन गर्न तथा कृषककाे जिवनस्तर उकास्नका लागि संस्थाकाे कार्यक्रममा विविधिकरण ल्याउन खोजेको विषय संस्थाका सचिव खिलहरि घिमिरेले सोही कार्यक्रममार्फत विज्ञहरुलाई जानकारी गराउनु भएको थियाे । संस्थाका व्यवस्थापक सौरब बन्जाराका अनुसार जिरे खोर्सानी कृषि सहकारी आफ्नो नाम अनुसारको काम गर्नका लागि अहोरात्र कर्मचारीतन्त्र पदाधिकारी सहितको सहकार्यमा लागि परेको सोही कार्यक्रममा जानकारी दिनुभएको थियो । संस्था आगामी दिनमा थप प्रभावकारी रुपमा आफ्नो मौलिक चिनारी सहित सदस्यमाझ प्रस्तुत हुनका लागि आजको कार्यक्रममा विज्ञहरुमार्फत प्राप्त सुझावले सशक्त मार्गप्रशस्त गरेकाे बताउदै संस्थाका अध्यक्ष सरस्वती बञ्जाराले जानकारी गराउदै कार्यक्रम विसर्जन गर्नु भएको थियो ।