
जयस्थिति मल्लले चलाएको केही व्यवस्थाहरु
१. पुलुपुलु जातको व्यवस्था :-
दुनियाँका मृतकहरु लाई श्मशानघाटमा लैजादा अघि अघि लागेर मुजुरा अारति बजाइ अाफ्नो दस्तुर चार दाम र एक कुरुवा चामल लिनु । कसाई बाट नङ कपाल बनाउनु । सुतक , जुठो , त्रेपाक्षिक र पुरोहित पहिले बमोजिम गर्नु ।
२. नकर्मिको व्यवस्था :-
फलामको काम गर्नु । सुतक ६ दिन बार्नु , जुठो , पुरोहित पहिले बमोजिम गर्नु ।
३. पिछिनिको व्यवस्था :-
दुनियाँका बालकहरु जन्मदा बढिया दिनमा नाल काटेर दोबाटोमा लगेर पुर्नु । सुढिनिले पाउने दस्तुरको अाधा दस्तुर लिनु । सुतक ६ दिन र जुठो १० दिन बार्नु । पुरोहित गुभाजु लगाउनु । त्रैपाक्षिक गर्नु । नाउ कसाइ गर्नु । खेत कमाउनु ।
४. संघत जातको व्यवस्था :-
दुनियाँहरुको लुगा धोइ बर्षदिनको कबुल बमोजिम बालि वा महिनावारी लिनु । सुतक जुठो परेमा त्येस्ता परेका बिष्ट बाट ६\६ कुरुवा चिउरा र १६\१६ दाम दस्तुर लिनु । खेत कमाउनु । सुतक , जुठो र पुरोहित पहिले बमोजिम गर्नु ।
५. नाउ जातको व्यवस्था :-
ब्राह्मण देखि ज्यापुपर्यान्तका जातको कपाल खौरनु , नङ काट्नु । सुतक जुठो परेमा ६\६ कुरुवा चिउरा दस्तुर लिनु । अरु कार्यमा विष्टले जो दिएको भाग लिनु । माहुर लाउनु , ऐना देखाउनु । चुडाकर्म र ब्रतबन्धहरुमा भोज खाई १२\१२ दाम दस्तुर लिनु । अरु कार्यमा बिष्टले जो दिएको भाग लिनु । खेत कमाउनु । सुतक र जुठो १० दिन बार्नु । त्रैपक्षिक लत्यकर्म पनि गर्नु । पुरोहित पहिलेकै सदर गर्नु ।
६. कोनाल जातको व्यवस्था :-
नेपाली धुप बनाइ काठ कुदेर बेचि खानु । अरु कार्य पहिलेकै सदर गर्नु
७. महाब्राम्हण र भाट जातको व्यवस्था :-
पाखि र पटुकाहरु रङ्गाउनु । मृतक परेमा ११ दिनमा दिएको भोजन खानु । खेत कमाउनु । पसल नराख्नु । सुतक जुठोहरु पहिलेकै सदर गर्नु ।
८. चित्रकारिको व्यवस्था :-
देवताहरुको चित्र लेख्नु । गुभाजु संग दीक्षा ग्रहण गर्नु । खेत कमाउनु । जाँडरक्सी बेच्नु । नाऊ कसाई गर्नु । सुतक जुठो पहिलेकै सदर गर्नु ।
९. साल्मि जातको व्यवस्था :-
तेल पेलि बेच्नु । बाबियोले खट बाध्नु । अरु कर्म पहिलेकै सदर गर्नु ।
१०. मुसल जतको व्यवस्था :-
कसाईले मासु काटि बेच्ने ठाउमा पोका पारिदिनु उसले दिएको दस्तुर लिगि खानु । सुतक जुठोहरु पहिलेकै सदर गर्नु ।
११. टेपो जातको व्यवस्था :-
पालुंगो को साग रोपि व्यवस्थाशीत बेच्नु । बेच्दा सरकारलाई दस्तुर दिनु । काहारबाजा बनाउनु । खेति गर्नु । सुतक जुठोहरु पहिलेकै सदर गर्नु ।
१२. खुसल जातको व्यवस्था :-
काहारबाजा बजाउनु । खट बांध्दा सल्मि जातिले नपुगे गुहार दिनु । खेति गर्नु । सुतक जुठो पहिलेकै सदर गर्नु ।
१३. सिकर्मीको व्यवस्था :-
काठको काम गर्नु । सुतक ६ दिन र जुठो १० दिन बार्नु । त्रैपक्षिक गर्नु । पुरोहित पहिलेकै सदर गर्नु ।
१४. ग्वाल र हेल को व्यवस्था :-
गाई पाल्नु । दूध , दहि र घ्यू बेच्नु । सरकारलाई र प्रजाहरु लाई कार्य गर्दा चाहिएका गाईहरु तयार गरि मोल लिएर दिनु । सुतक १० दिन र जुठो १२ दिन बार्नु । पुरोहित पहिलेकै सदर गर्नु ।
१५. कुमाल जातको व्यवस्था :-
माटाको भाडा बनाई सरकारलाई दस्तुर दिएर बेच्नु । सुतक १० दिन बार्नु । जुठो र त्रैपक्षिक पहिलेकै सदर गर्नु । पुरोहित गुभाल वा अाचार गर्नु ।
१६. उदासको व्यवस्था :-
लासामा कोठि थापि ब्यापार गर्नु । सुतक ६ दिन र जुठो १० दिन बार्नु । त्रैपक्षिक गर्नु । पुरोहित गुभाल गर्नु ।
१७. तटि जातको व्यवस्था :-
कात्रो बुन्नु । जनाई बनाई बेच्नु । सुतक र जुठो १० दिन बार्नु । त्रैपक्षिक गर्नु । पुरोहित ब्राह्मण गर्नु ।
१८. तमोट जातको व्यवस्था :-
तामा, काँस अादि धातुको भाँडा बनाउनु । सुनचाँदीको जलप सार्नु । सुतक ६ दिन र जुठो १२ दिन बार्नु । त्रैपक्षिककर्म पहिलेकै गर्नु । पुरोहित ब्राह्मण , अाचार वा जोसि गर्नु । यजमान बुद्ध मार्गि भए पुरोहित गुभाल गर्नु ।
१९. सुलमि श्रेष्ठ जातको व्यवस्था :-
रानिको माइती नभए माइतिले गर्ने काम गर्नु । व्यापार गर्नु । सुतक , जुठो र पहिलेकै सदर गर्नु ।
२०. किसानिको व्यवस्था :-
देवदेवताका पुजासामान बोक्नु । बलि फाल्नु । पुरोहित गुभाल गर्नु । खेत कमाउनु । सुतक , जुठो , त्रैपक्षिकहरु पहिलेकै सदर गर्नु ।
२१. वैध्यको व्यवस्था :-
दुनियाँको नाडि हेरि व्याथा ठहर्याएर अौषधि गरि रोग निवारण गर्नु । असाध्य भई जाने ठहरेका लाई वैतरणि अादि दान गराई तिर्थमा पुर्याउनु । अौषधि खुवाउदा अनुपात र पथ्य मुनासिव बिचार गरि खुवाउनु । दस्तुर १ टका लिनु ।
२२. लोहकर्मिको व्यवस्था :-
शास्त्रोक्त प्रमाण पुर्वक देवदेवताहरुको मुर्ति बनाउनु । सुमेरु खोलि ढुङ्गा फोर्नु । सुतक १० दिन र जुठो १२ दिन बार्नु । त्रैपक्षिक कर्म गर्नु । पुरोहित गुभाल गर्नु ।
२३. बरहि जातको व्यवस्था :-
काठको फर्मायसि काम गर्नु । चर्खा , ऊइटा अादि काठका मालहरु बनाइ बेचेर खानु । सुतक जुठो पहिलेकै सदर गर्नु । पुरोहित ब्राह्मण गर्नु । बुद्ध मार्गि भए गुभाल गर्नु ।
२४. हलवाईको व्यवस्था :-
रोटी बनाउनु । गुभाल संग मन्त्र सुन्नु । सुतक १० दिन र जुठो १२ दिन बार्नु । त्रैपाक्षिक कर्म पनि गर्नु ।
२५. भिखुबांडाको व्यवस्था :-
मुला र अदुवाको खेती गर्नु । पंचपताका दिनु । शिखा मुण्डन गर्नु । गुभाल संग मन्त्र लिनु । सुतक १० दिन र जुठो १२ दिन बार्नु । पुरोहित गुभाल गर्नु ।
२६. बांडाको व्यवस्था :-
सुन चांदिको गहना बनाउनु । ढलवट धातुको भांडा बनाउनु । धातुमा बुट्टा काट्नु । सुनचाँदीका जलप सार्नु । कांसाका कटौरा बनाउनु । पुरोहित गुभाल गर्नु । सुतक अादि पहिलेकै सदर गर्नु ।
२७. बज्राचार्यको व्यवस्था :-
यी गुभाल जातले श्रेष्ठ , ज्यापू , हलवाइ , बरहि , सिकर्मी , लोहकर्मि र चित्रकार सम्मका अघिदेखि अाफुले मन्त्र दिअाएका बुद्ध मार्गि लाई मन्त्र दिनु । सुतक ६ दिन र जुठो १० दिन बार्नु । पुरोहित गुभाल गर्नु । पैंतालीस दिने कार्य पनि गर्नु ।
२८. कसालको व्यवस्था :-
कांसो कुटि पिधि भाँडो बनाउनु । सुतक १० दिन र जुठो १० दिन बार्नु । पैं