Advertisement

“व्यवस्थित कृषि, सम्मानित कृषक” भन्ने नाराका साथ जिरे खाेर्सानी कृषि सहकारी संस्थाठ लि.ले सञ्चालन गरिरहेकाे “१२ महिना १२ कार्यक्रम ” अभियान

२०७९ माघ २१, शनिबार १८:३६
८६
तीखोकलम

“व्यवस्थित कृषि, सम्मानित कृषक” भन्ने नाराका साथ जिरे खाेर्सानी कृषि सहकारी संस्थाठ लि.ले सञ्चालन गरिरहेकाे “१२ महिना १२ कार्यक्रम ” अभियान अन्तर्गतको माघ महिना काे कार्यक्रम कृषक सहजिकरण कार्यक्रम मिती २०७९/१०/२१ गतेका दिन संस्थाकाे कार्यालय प्राङ्गणमा सम्पन्न गरेकाे छ।
उक्त कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, कार्यान्वयन ईकाई,भक्तपुर मार्फत ५०% अनुदानमा प्राप्त कृषि सामाग्री संस्थाका शेयर सदस्यलाई आवश्यकता अनुरुप वितरण गरिएको थियाे ।
गोदावरी नगरपालिका वडा नं.१३ काे वडा सदस्य श्री मुना के.सी.काे आतिथ्यतामा दातृ निकाय प्रधानमन्त्री कृषि आधुनिकिकरण परियाेजनाका प्रतिनिधि सुनिता पौडेलको राेहवरमा संस्थाका अध्यक्ष श्री सरस्वती बञ्जाराले सदस्यलाइ वितरण गर्नुभएको थियाे ।
संस्थाका व्यवस्थापक श्री सौरब बन्जाराले सञ्चालन गर्नु भएको कार्यक्रमको सुरुवातमा संस्थाको तर्फबाट स्वागत मन्तव्य तथा “१२ महिना १२ कार्यक्रम” अभियानकाे बारेमा संस्थाका काेषाध्यक्ष श्री चन्द्र बहादुर परियारले सदस्यलाई प्रकाश पार्नु भएको थियाे । सो क्रममा परियारले कृषि सहकारीकाे नाममा बचत तथा ऋण काराेबार गर्ने प्रवृत्तिलाई चिर्दै वास्तविक कृषि सहकारीकाे रुपमा संस्थालाई उभ्याउन आफू र संस्थाका सम्पूर्ण पदाधिकारी अहाेरात्र लागि परेकाे र सदस्यमाझ संस्थाको चिनारीलाई थप प्रभावकारी बनाउन याे अभियान संस्थाकाे नवौं वार्षिक साधारणसभामार्फत प्रारम्भ गरिएको बताउनुभयाे । साथै, कृषकलाई आवश्यक पर्ने मल पनि पर्याप्त मात्रामा सम्बन्धित निकायले उपलब्ध गराउन नसकिरहेकाे अवस्थामा यश समस्याको निराकरण गर्नका लागि कार्यक्रमकाे अतिथि वडा सदस्यमार्फत स्थानिय सरकारकाे ध्यानाकर्षण गराउनु भएको थियाे ।
कोषाध्यक्ष परियारले संस्थामार्फत स्वागत मन्तव्य राखि सके पश्चात् उपलब्ध सामाग्रीलाई प्रधानमन्त्री कृषि आधुजिकिकरण परियोजना मार्फत प्रतिनिधि सुनिता पौडेलले संस्थाका अध्यक्ष सरस्वती बञ्जारालाई हस्तान्तरण गर्नु भएको थियो र त्यसपश्चात अतिथि,प्रतिनिधि र अध्यक्षले परिक्षण गर्नुभएको थियाे र अन्त्यमा कृषकलाई सामाग्री वितरण गरेपश्चात कार्यक्रमकाे अध्यक्षता गर्नुभएको संस्थाका अध्यक्ष सरस्वती बञ्जाराले धन्यवाद ज्ञापन गरि सभा विसर्जन गर्नुभएको थियो ।