Advertisement

महाशिवरात्रि, सेना दिवस तथा सिला च:हे २०७९

२०७९ फाल्गुन ७, आईतवार ००:०७
२५५
Ashok Pokharel

फाल्गुन ६,२०७९ नागार्जुन काठमाडौं।

हरेक वर्षको फागुन महिनाको कृष्णपक्षको चतुर्दशीकाे दिनलाई महाशिवरात्रि पर्व, विशेष पर्वको रुपमा मनाइन्छ। माता ,पिता, बन्धु गोत्र, जन्म ,मरण कुनै नभएका शिवले यही दिनलाई शिवरात्रिको मान्यता दिएकाले शिवरात्रीको पर्वको रुपमा मानिदै आइरहिएको छ। सामाजिक सञ्जाल तथा विभिन्न मिडियाहरुमा पनि आजको दिनलाई शिव पार्वतीको विवाह भएको दिन भनी भनिएको छ तर हामीले विभिन्न शास्त्रहरुमा अध्ययन गरे, कथा सुने अनुसार वैशाख शुक्ल तृतीय अर्थात् अक्षय तृतीयाको दिनमा भगवान श्री शिवको  माता पार्वतीसँग विवाह भएको उल्लेख गरेको पाइन्छ।

समुद्र मन्थन गर्दा निस्किएको कालकुट विष पिएर निलकण्ठ नाम भएका शिव ,आफ्नी पत्नी सतिदेवीको असामायिक मृत्यु पश्चात  पत्नीको मृत्यु वियोगमा पत्नीको मृत शरीरलाई काँधमा राखी सन्सार डुली हिड्ने उनै शिव, योगाभ्यासका गुरु उनै शिवकाे  विशेष दिन हो आज महाशिवरात्रि।

संस्कृति तथा इतिहासका ज्ञाता तथा दरबार हाई स्कूलका पूर्व प्राचार्य श्री रामराजा कुँवरले अति जाडो भएको कारण घाम ताप्न महादेव -पार्वती तिब्बतमा जाने भएकाले शिवरात्रिका दिन रातमा धुनी जगाई जाग्राम बसी मीठा कुराहरू र घोट्वा फकाई चढाई आफुले पनि खाइ प्रभुलाई फर्कन आह्वान गरिँदै आएको किमवदन्त भएपनि प्रभुलाई जाडो गर्मी किन हुन्थ्यो? जाडो नै हुने भएपनि दक्षिणतिर लाग्थे होला नेपालमा भन्दा बढी जाडो हुने उत्तरतिर किन लाग्थ्ये होला ? खास्  त प्रभुको झल्झलकार आकार दिव्यज्योति प्रकट हुँदा खुसी भई रातमा जाग्राम बस्दा जाडो हुने हुँदा आफू जाडोबाट बच्न र मीठा, मीठा खानेकुरा बनाई चढाई खाएकाले सोही अनुसार शिवरात्रि पर्व मनाउँदै आएका थे हुन। भन्नुहुन्छ।

       सेना दिवस

हरेकवर्ष महाशिवरात्रीका दिन नेपालमा सेना दिवस मनाइन्छ। यसको सुरुवात भने सन १९३५ विक्रमसंवत् १९९२ बाट सुरु गरिएको हो । यस दिन काठमाडौँको टुँडिखेलमा सेनाले विशेष कार्यक्रम र परेड प्रदर्शन गर्दछन भने सरकारी उच्च ओहदाका कर्मचारीलगायत राष्टाध्यक्षकाे उपस्थिति हुने उक्त कार्यक्रममा सर्वसाधारणको भीड लाग्ने गर्दछ।

सिला च:हे

शिवरात्रीका दिन नेवा समुदायले शिला च:हे मनाउने र पूजा गर्ने गर्दछन्। टोलका मान्छेहरु जम्मा भएर बाटोमा हिंड्ने बटुवा र गाडीहरुबाट केही शूल्क उठाएर सुल्कबाट उठेको रकमबाट मठ मन्दिरमा पूजा गरी प्रसाद वितरण गर्ने चलन पनि छ।

जय जय शम्भो, जय जय भोले शङ्कर, श्री  पशुपतिनाथले हामी सबैको कल्याण गरुन।