नागार्जुन नगरपालिका भित्र बसोबास गर्दै आएका भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीहरुलाई जग्गा वितरण गर्ने
२०७९ माघ १५, आईतवार १०:०७
५७

लामो समयदेखि नागार्जुन नगरपालिका भित्र बसोबास गर्दै आएका भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीहरुलाई जग्गा वितरण गर्ने र अव्यवस्थित बसोबासीलाई उचित व्यवस्थापन गर्ने विषय सम्बन्धमा राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष श्री केशव निरौलाज्यू तथा प्र. नापी अधिकृत जनकराज भट्टज्यू र नागार्जुन नगरपालिकाका नगर प्रमुख श्री मोहनबहादुर बस्नेतज्यू तथा प्रमुख प्रशासकीय अधिकृत श्री ईश्वरी प्रसाद ढकालज्यूले कार्य सहमति पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
उक्त हस्ताक्षर कार्यक्रममा राष्ट्रिय भूमि आयोग काठमाडौंका अध्यक्ष श्री श्यामकृष्ण प्रजापति लगायत अन्य पदाधिकारीहरु र नागार्जुन नगरपालिकाका अधिकृत श्री नारायण प्रसाद तिमिल्सिनाको उपस्थिति रहेको थियो ।