
गृहमन्त्री रवि लामिछानेका ३२ दिन , कृपया पूरा पढौं ।

गृहमन्त्री रवि लामिछानेका ३२ दिन , कृपया पूरा पढौं ।
– अवैधानिक रूपमा घर घरमा व्यक्तिगत काम गराउन राखिएका सुरक्षाकर्मी फिर्ता ।
– सरूवा बढुवा गर्दा पैसा पावरका आधारमा नभइ योग्यता क्षमता , कार्य सम्पादन मुल्यांकनका आधारमा गर्न निर्देशन ।
– नियम विपरीत चलेका क्रसरहरूलाई बन्द गराएर व्यवसायीहरूलाइ चेतावनी दियो तर फेल गराउनको लागि मन्त्री परिषदको निर्णय गरेर चालू गरियो ।
– सशस्त्र प्रहरीका जवान लखेटि लखेटि मारेको आरोप लागेका लक्ष्मी महतो कोइरीलाइ प्रहरी द्वारा पक्राउ पुर्जि जारी गर्यो तर असफल बनाउन कोइरीलाइ भारत भगाइयो ।
– विदाको दिन सरकारी गाडी बन्द गरेर आफ्नै निजि गाडी चढे ।
– उपप्रधान सहित गृहमन्त्रीको हैसियतले अगाडि पछाडिका पाउने सुरक्षाकर्मी कटाएर खर्च कटौती गरे ।
– सिडियोहरूलाइ काम काज गर्ने गरि निर्देशन दिएर बिभिन्न जिल्लामा सरूवा गर्दा गोरखा जान हिँडेका सिडियो बाटोबाटै प्रचण्डले फर्काइदिए । प्रधानमन्त्रीको पावर देखिनस भन्ने दम्भ महामहिमबाट आयो ।
– बाटोमा जाम पर्दा जनता सरह कुरेर यात्रा गर्नुपर्छ , सकेसम्म भिआइपी सेवा नभई जनता संगै यात्रा गरौ भन्दै एयरपोर्टमा पब्लिक यातायातमा चढने गृहमन्त्री रवि हुन ।
– रवि गृहमन्त्री नियुक्त भएपछि गृहमन्त्रालयमा पीडितहरूको लाइन लाग्ने गरेको सायद सबैलाई आशा भएरै होला ।
– निर्मलाका हत्यारालाई समात्ने अधिक्तम प्रयासको पहल गर्यो तर रवि घोप्ट्याउन लागिपरेका महामहिम ज्युहरू कहाँ गन्तव्यमा पुग्न दिन्थे र ?
३२ दिन मन्त्री हुदा यी लगायत विभिन्न काम र पहलको सुरूवात गर्यो तर रविलाइ धम्की दिदै तेरो नागरिकता केस छ है विचार गर भन्दै तडपाउदै ल्याएर यहाँ सम्म पुग्दा आज सेटिङमा पद जति सबै चैट गरियो ।
हरेस खाने कुरा हुदैन जनताको आशा हेरर जुरूक्क एक चोटि उठ्नुपर्छ रविदाइ तपाईं लडेको मात्र हो, उठ्नै नसक्ने गरि ढलेको होईन । जनअदालत तपाइको उम्मेदवारीको पर्खाइमा छ उपनिर्वाचन होस या मुद्दा लगाएर जेलै कोचे भनेपनि ३ बर्ष हो, बाकि पाँच बर्ष पछि उम्मेदवार बन्न त कसैले रोक्न सक्दैन होला नि ।।
नोट : माथि लेखेका ३२ दिन गरेका सम्पूर्ण काम र पहलहरू होइनन । रवि दाइले मन्त्री हुदा आफुले गरेका सम्पूर्ण कामहरू र काम गर्दा बाधा गर्ने को को हुन सबै सार्वजनिक गर्नुपर्छ जनता जान्न चाहन्छन् ।