नेपाल साच्चिकै सती को श्राप परेकै देश हो रहेछ भन्ने कुरा मा ढुक्क भए।

म कसैको स्टाटस मा गएर बाद र विवाद गरेर कसैको आँखा को छारो बन्न चाहन्न,
न की कसैको प्रसंसा को पात्र!
आज सामाजिक सञ्जालमा रवि लामिछाने को विषय मा निकै चर्चा परिचर्चा गरिरहेको देखें। यो देखें सँगै नेपाल साच्चिकै सती को श्राप परेकै देश हो रहेछ भन्ने कुरा मा ढुक्क भए।
मार्छु , काट्छु , भतकाउँछु , बिगारछु भन्ने एजेण्डा लिएर अघि सर्ने हो भने पक्कै भत्किन्छ, बिग्रिन्छ, काटिन्छ, मारिन्छ।
छ त इतिहास, सास चल्दा चल्दै लास को गिन्ती बढ्छ भनेर खाल्डो खनेर पूर्नु लगाउने हरु आज सत्ता मा भत्ता खादै छन्,
म ढुक्क छु रवि देश का छवि हुन, तारा हुन, उनी समान व्यक्तित्व आज देश को हर कुना काप्चा मा , भन्सार देखि संसार मा , सिंहदरबार देखि बाघ दरबार अनि हर अड्डा अदालत मा हुने हो भने ,
लामो समय कुर्नै पर्ने थिएन देश ले काँचुली फेर्न को लागि।
तर अपसोच
शिक्षित भनाउँदा हरु, चेतनशील भनाउँदा हरु, अझ भनौं , सुगा रटौरे हरु , सुगा रटौरे यसकारण भन्न चाहें की , राजनीति को विषय मा किताब बाट जे जे पढेर बुझे त्यो बाहेक अरु केही थप बुझ्न चाहेनन्
हो तिनी हरु आज रवि को नागरिकता को एउटा विषय लाई लिएर
चन्द्रमा मा दाग औँल्याए झै चर्चा गरिरहेका छन्,
क्रान्तिकारी परिवर्तन , र सर्वाङ्गीण विकास को लागि उनी जस्ता दूर दृष्टि ,र क्लियर भिजन भएका व्यक्तित्व हरु को खाँचो पर्दछ।
स्मरण रहोस् उनी जस्ता व्यक्ति हरु लाई यसै गरी हटाइदै जाने हो भने , देश मा विकास, र समृद्धि कहिल्यै आउँदैन ।