Advertisement

सवारी चालक उन्नत तालिम समापन

२०७९ माघ १०, मंगलवार ०५:४३
९८
उद्धब बञ्जारा


मिति २०७९-१०-०९ गते
बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा मिति २०७९-०९-१७ गतेबाट संचालित १६ कार्यदिन अवधीको प्रहरी हवल्दार तथा जवान लक्षित सवारी चालक (हलुका) उन्नत तालिम समापन भएको छ । आज आयोजित एक कार्यक्रमका बिच बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाका निमित्त प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक दिपक रेग्मीको प्रमुख आतिथ्यतामा उक्त तालिम समापन गरिएको थियो। उक्त अवसरमा तालिममा सहभागी तिस जना प्रशिक्षार्थीहरु संग अन्तरक्रिया कार्यक्रम समेत गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी प्रदेश प्रहरी निमित्त प्रमुख रेग्मीले प्रशिक्षार्थीहरुलाई तालिमको प्रमाणपत्र वितरण गर्नुका साथै प्रहरी संगठनमा सवारी चालकको भुमिका र यसको महत्वहरूबारे निर्देशन सम्बोधन समेत ब्यक्त गर्नुभएको थियो । समापन कार्यक्रममा कार्यरत सेनियर प्रहरी अधिकृत लगाएत अन्य सकल दर्जाका प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।