दर्ज्यानी चिन्हद्वारा शुसोभन
२०७९ माघ ३, मंगलवार २०:३९
९३

पोखरा, माघ ३ गते,
नेपाल प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकाश विभाग कर्मचारी प्रशासन शाखाको मिति २०७९।०९।२८ गतेको पत्रले प्रविधिक समूहतर्फको प्रहरी वरिष्ठ नायव निरीक्षक पदबाट प्राविधिक प्रहरी निरीक्षक पदमा बढुवा हुनुभएका प्रहरी निरीक्षक पुष्पराज अधिकारीलाई गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराका प्रमुख प्राविधिक प्रहरी उपरीक्षक डा. पवन कुमार रायले बधाई तथा शुभकामना सहित दर्ज्यानी चिन्हद्वारा शुसोभन गर्नुभएको छ ।
दर्ज्यानी चिन्ह शुसोभन पश्चात कार्यक्रमलाई सम्वोधन गर्नुहुँदै उहाँले बढुवा भएसंगै थपिने पदिय जिम्मेवारीलाई आत्मसाथ गरी थप प्रभावकारी ढंगले कार्य सम्पादन गर्न गराउन निर्देशन समेत दिनुभयो ।