
मुस्ताङ घरपझोङ गा.पा. वडा नं ४ स्थित खेल मैदानमा

मिति २०७९/०९/१८ गते सम्पन्न भएको जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय अनुसार विपदबाट हुने क्षतिलाई न्यूनीकरण गर्न पूर्व तयारी स्वरुप मिति २०७९/०९/२० गते देखि जिल्ला मुस्ताङ घरपझोङ गा.पा. वडा नं ४ स्थित खेल मैदानमा यस जिल्लामा रहेका तीन (३) सुरक्षा निकाय नेपाली सेना , नेपाल प्रहरी र शसस्त्र प्रहरी बल नेपाल सहित मुस्ताङ अस्पताल, स्वास्थ्य कार्यालय र जोमसोम विमानस्थल समेतको सहभागितामा पूर्व अभ्यास गरी आज मिति २०७९।०९।३० गते ०९:३० बजेको समयमा संयुक्त रुपमा हिउँपहिरो बाट उद्दार, नदी खोचमा फसेका व्यक्तिको उद्दार ,सडक दुर्घटना व्यवस्थापन तथा आगोलागी नियन्त्रणको Simulation Exercise जिल्ला समन्वय समितिका उप-प्रमुख श्री आईत लाल थकाली ज्यूको प्रमुख आतित्थतामा सम्पन्न भएको छ। उक्त कार्यक्रम प्रमुख जिल्ला अधिकारी श्री अनुप के.सी.को अध्याक्षतमा सञ्चालन भई जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरू, गाउँपालिकाका प्रमुख, सरकारी कार्यालयका कार्यालय प्रमुख, जिल्ला अस्पताल मुस्ताङका कर्मचारीहरु, जोमसोम विमानस्थलका प्रतिनिधि , स्थानीय निकायका जनप्रतिनिधिहरु, सरकारी कर्मचारीहरू, स्थानीय नागरिक समाज, पत्रकार तथा अन्य सरोकारवालाहरुको उपस्थिति रही आज ११:३० बजेको समयमा समापन भएको छ ।
कार्यक्रमका तस्बिरहरु