
योग सिविर सम्पन्न

मिति : २०७९-०९-२९ गते ।
आठौं राष्ट्रिय योग दिवस २०७९ को पूर्वसन्ध्यामा योगाभ्यास कार्यक्रम सम्पन्न भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाको आयोजना तथा पतंजली योगपीठ मकवानपुरसँगको समन्वयमा बागमती प्रदेश प्रहरी गण, हेटौंडाको प्राङ्गणमा उक्त योगाभ्यास कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्य, प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मी, बागमती प्रदेश प्रहरी गण, हेटौंडाका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्का लगायत बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, बागमती प्रदेश प्रहरी गण हेटौंडा र बागमती प्रदेश विपद व्यवस्थापन कार्यालय हेटौंडामा कार्यरत सकल दर्जाका प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।
सहभागी प्रहरी कर्मचारीहरुलाई पतंजली योगपीठ मकवानपुरका प्रमुख राजु अधिकारी लगायत अन्य योग प्रशिक्षकहरुले ध्यान तथा बिभिन्न योगाशन सम्बन्धी प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
प्रशिक्षण पश्चात बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले सम्पूर्ण योग प्रशिक्षकहरुलाई धन्यवाद ज्ञापन गर्नुको साथै मायाको चिनो समेत प्रदान गर्नुभएको थियो ।