Advertisement

नेपाल पुलिस स्कुल, बेलचौतारा तनहुँको अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह सम्पन्न ।

२०७९ पुष २६, मंगलवार २१:४८
५१
उद्धब बञ्जारा

पौष-२५, पोखरा ।
नेपाल पुलिस स्कुल बेलचौतारा तनहुँले यही पौष २५ गते अभिभावक दिवस तथा खेलकुद सप्ताह समापन एवम् पुरस्कार वितरण कार्यक्रम समारोह विविध कार्यक्रमहरुका साथ सम्पन्न गरेको छ ।
गण्डकी प्रदेशको तनहुँ जिल्ला स्थित बेलचौतारमा सकल दर्जाका प्रहरी कर्मचारी साथै आम नागरीकका सन्ततीहरुलाई समय सापेक्ष गुणस्तरीय शिक्षा प्रदान गरि देशको शैक्षिक एवं सर्वाङगिण विकासमा टेवा पुर्याउने मुल उदेश्यका साथ २०४१ सालमा स्थापना भएको उक्त विद्यालयले हर्ष उल्लाहसका साथ आफ्नो उक्त कार्यक्रम सम्पन्न गरेको छ ।
गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव माहनिरीक्षक रामदत्त जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि जोशीले नेपाल पुलिस स्कुल बेलचौतारा तनहुँले देशको शैक्षिक, खेलकुद र सर्वाङगिण विकासमा प्रत्यक्ष,अप्रत्यक्ष टेवा पुर्याईरहेको बताउदै आगामी दिनमा अतिरिक्त क्रियाकलापहरुलाई विद्यालयले बढाउदै लैजानु पर्ने बताउनुभयो ।
साथै नेपाल पुलिस स्कुल बेलचौताराले विभिन्न लाभकारी छात्रवृतीसहित सबै वर्ग,समुदायलाई समेटि सर्वसुलभ रुपमा गुणस्तरिय शिक्षा प्रदान गर्ने नमुना विद्यालयका भएको बताउदै विद्यालय प्रति विश्वास व्यक्त गर्ने अभिभावक, नियमनकारी निकाय , सरोकारवाला सबैमा आभार प्रकट समेत गर्नुभयो ।
गण्डकी प्रदेश प्रदेश सभा सदस्य नेपाल पुलिस स्कुल बेलचौतारा तनहुंका पुर्व विद्यार्थी विकल शेरचनको विशेष आतिथ्यतामा भएको उक्त कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघ, गण्डकी प्रदेश अध्यक्ष दिपा भट्ट, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराका समादेशक प्रहरी वरिष्ठ उपरिक्षक दिल्लीराज पन्त, नेपाल प्रहरी प्रदेश कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक सुदर्शन कोईराला, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पोखरा, नेपाल प्रहरी विशेष सुरक्षा गण तनहुं र जिल्ला प्रहरी कार्यालय तनहुंका प्रमुख प्रहरी उपरिक्षकहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेपाल प्रहरी स्कुल वेलचौतारा तनहुंले सप्ताहव्यापी रुपमा सञ्चालन गरेको खेलकुदका २१ विधाहरुमा प्रथम, द्दितिय र तृतिय स्थान हासिल गर्ने विद्यार्थीहरुलाई प्रमूख अतिथी जोशीले पुरस्कार वितरण समेत गर्नुभएको थियो ।