Advertisement

– “श्रीस्वस्थानी व्रत द.एशियाकै उत्कृष्ट व्रत हो….!!”

२०७९ पुष २५, सोमबार १७:५४
६९
उद्धब बञ्जारा

श्रीस्वस्थानी व्रत कथामा पीएचडी गर्ने अमेरिकी डा.भन्छिन- “श्रीस्वस्थानी व्रत द.एशियाकै उत्कृष्ट व्रत हो….!!”

वानोद वान्थाईन र केरोन वान्थाईनका सुपुत्री अमेरिका निवासी जेसिका वान्थाईन विरकेन्होल्ज अमेरिकाकै यूनिभर्सिटी अफ ईलिनोयसका सह प्राध्यापक हुनुहुन्छ । उहाँ पहिलो पटक साँखुमा सन् १९९९ मा आउनुभएको थियो जत्तिखेर उहाँ बीए पढ्दै हुनुहुन्थ्यो । त्यसपछि उहाँ सन् २००५, २००६, २००८ र २०१४ मा पनि केही दिनको लागि साँखुमा आउनुभएको थियो । उहाँले दक्षिण एशियाका महिलाहरुको परम्परा विषयमा विद्यावारिधी गर्नुभएको थियो ,यसै सिलसिलामा स्वस्थानी ब्रतकथामा पनि पीएचडी गर्नु भयो । त्यसै सिलसिलामा उहाँले साँखुको माधवनारायण स्वस्थानी व्रतको पनि अध्ययन अनुसन्धान गर्नुभएको थियो ।

उहाँ भन्नुहुन्छ म सन् १९९९ मा पहिलो पटक बीए पढ्दै गर्दा साँखुमा आएको थिएँ । त्यत्तिखेर मैले दक्षिण एशियामा महिला परम्पराबारे अध्ययन गर्ने सिलसिलामा म यहाँ आएको थिएँ । पछि मैले दक्षिण एशियामा भाषा र सभ्यताबारे विद्यावारिधी (पीएचडी) गरे । उनले गरेको अनुसन्धान अनुसार सबैभन्दा पुरानो स्वस्थानी सम्भवत ४४१ वर्ष अगाडिको पुस्तक हुनुपर्छ । त्यो पुस्तक ने.सं. ६९३ को स्वस्थानीको पुस्तक हो । त्यसमा स्वस्थानीको व्रत सम्बन्धी पूजा विधीहरु २ दिन र १ रातको मात्रै वर्णन गरिएको छ । त्यसपछि ने.सं. ७२३ को स्वस्थानी पुस्तकमा भने १ महिनाको व्रत पूजाको वर्णन गरिएको पाएको छु

स्वस्थानीमा वर्णित लावण्य देश कुन हो भन्ने ठ्याक्कै त्यस्तो भूगोलमा उल्लेख गरिएको मैले पाइन् तर सम्भवतः साँखु वा नगदेश हुन सक्ने सम्भावना मैले पाएको छु उहाँ भन्नुहुन्छ । साँखु नगरी बारे उनि भन्छन मलाई साँखुको हावापानी र यहाँका मानिसहरुको संस्कृति र परम्परामा रहेको अगाध विश्वास देख्दा अति रमाइलो र बिर्सनै नसकिने सहरको रुपमा मैले साँखुलाई पाएको छु । त्यसैले त म पटक पटक साँखु आईरहेको छु । यस सुन्दर नगरी साँखु शंखरापुरका मानिसहरुलाई म धन्यवाद दिन चाहन्छु । उहाँहरुको सहयोगकै कारण मात्र मैले यहाँको समाज, रितिरिवाज, परम्परा र स्वस्थानी व्रत बारे जान्ने मौका पाएँ उहाँ भन्नुहुन्छ । अरुको विश्वास नतोड्ने नेवार परिवारको कल्चरले आफु प्रभावित भएको पनि उहाँले भन्नुहुन्छ ।

(”स्वस्थानीका विषयमा यसअघि पनि अमेरिकी नागरिक लिन्डा इलटिसले विद्यावारिधि शोध गर्नुभएको थियो । इलटिसको शोधको विषय “श्री स्वस्थानी व्रत” मात्रै थियो भने जेस्सिकाको विषय “श्री स्वस्थानी व्रतकथा” रहेको छ । नेपाली नागरिकले भने अहिलेसम्म श्री स्वस्थानी व्रतकथाका विषयमा विद्यावारिधि शोध नगरेको सहप्राध्यापक काशीनाथ तमोटले बताउनुभयो” , तमोट जेसिकालाई पिएचडीमा मार्गनिर्देशन गर्ने गुरु हुनुहुन्छ )

श्री स्वस्थानी माताले हामी सबैको कल्याण गरुन्….!
जय श्री स्वस्थानी माता
” जय हिन्दु “