
श्री वीर भगवती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारणसभा

२३, पौष,२०७९, नागार्जुन काठमाडौ।
आजको बचत नै भोलीको सुनौलो भविष्य हो भन्ने नाराका
साथ श्री वीर भगवती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारणसभा आज स्वयम्भु स्टार बैङक्युटर्को मुस्ताङ हलमा भव्यताका साथ सम्पन्न भएको छ।
प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अतिथिज्यू लगायत सञ्चालक समितिका सदस्यहरुले आशन ग्रहण गरी ,व्याच बितरण गरेर
फूलमाला लगाई राष्ट्रिय गान गाएर कार्यक्रम शुभारम्भ गरिएको
उक्त कार्यक्रममा संस्थाका सचिव तथा प्रबन्धक श्री नवीन लामाले आजको यस १४ औं बाषिर्क साधारण सभालाई भव्य ,सभ्य, गरिमामय तथा सफल बनाउन उपस्थित
हुनुभएका प्रमुख अतिथि ज्यू , अतिथि ज्यूहरु, पत्रकार ,विभिन्न संघसंस्थाका प्रतिनिधि, सञ्चालक समिति, लेखा समिति, कर्मचारी लगायत सम्पूर्ण प्रति हार्दिक स्वागत गर्दै स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।
यस १४ औं साधारण सभाका प्रमुख अतिथि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड(NEPSKUN)का कोषाध्यक्ष तथा kathmandu shaving and credit cooperative union लिमिटेड (KASKUN) का अध्यक्ष श्री दिपक पनेरु ज्यूले पानसमा बत्ती बालेर उद्घाटन गरिएको उक्त कार्यक्रमको उद्घोषण संस्थाका सञ्चालक सदस्य तथा हाल सर्वसम्मत कोषाध्यक्षमा निर्वाचित पवित्रा खतिवडाले गर्नुभएको थियो।
शुभकामना मन्तव्य दिँदै विशिष्ट अतिथि तथा अनाज कृषि सहकारीका अध्यक्ष श्री सविन तामाङले सहकारी हामी शेयरधनी तथा सदस्यहरुकै भएकाले वार्षिक साधारणसभामा सबै उपस्थित भएर छलफल गर्नुपर्ने बताउनुभएको थियो। प्रायजसो सहकारीमा आउने ,हुने अनुदानहरु जान्ने बुझ्नेले मात्र use गर्ने गरेको देखिएकाले यसका सञ्चालक,सदस्य तथा शेयरधनी सबैले सहकारी बाट बराबर सहयोग पाउनुपर्ने धारणा राख्नुभएको थियो। आगामी वार्षिक साधारणसभामा यस संस्थाले आफ्नो कुल पूँजी १२ करोड बाट बढाएर २० करोड पुर्याउने लक्ष्य राखोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको थियो।
कार्यक्रमका अतिथि काठमाडौँ जिल्ला सहकारी संघको नागार्जुन नगरपालिका स्तरीय उपसमितिका संयोजक तथा इचङ्गुनारायण बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सचिव तथा प्रबन्धक श्री रामचन्द्र केसीले यो वीर भगवती बचत तथा ऋण सहकारी संस्थाले सहकारीको मर्म र भावना अनुरुप अगाडि बढिरहेको बताउँदै यो सहकारी नागर्जुन नगरपालिका स्तरीय उपसमिति हुँदै KASCUN ,NEPSCUN मा दर्ता भई branding मा गई रहेको बताउनुभएको थियाे। सहकारीलाई कुन दिशामा अगाडि लैजाने भन्ने कुरा सञ्चालक समितिको मुख्य हात हुने कुरा बताउँदै विश्व आर्थिक मन्दीको प्रक्षेपण भइरहेको बेला समुदायबाट स्थापित
गरिएकाले यस सहकारीमा त्यसको असर नपर्ने बताउनुभएको थियो। उहाँले आफ्नै संयोजकत्वमा तीन सदस्यीय निर्वाचन टोलीले निवर्तमान यस संस्थाका कोषाध्यक्ष श्री उमेश लामा नागार्जुन नगरपालिका वडा नं ३ का वडा अध्यक्षमा विजयी भएपछि रिक्त रहेको कोषाध्यक्ष पदमा यसै संस्थाका संचालक सदस्य पवित्रा खतिवडा तथा संचालक पदमा यसै संस्थाका कर्जा उपसमितिका सदस्य श्री सुरेश गोतामे निर्विरोध निर्वाचित भएको कुरा पनि बताउनुभएको थियो।
आज यस कार्यक्रमका अतिथि तथा यस सहकारी संस्थाका अन्तरिक लेखा परीक्षक श्री केशवलाल श्रेष्ठले यो सहकारी विगत १४ वर्षदेखि विधि-विधान नियमअनुसार चलिरहेकाले यहाँसम्म आइपुगेको बताउँदै अझ पूर्ण सफलताको कामना गर्नुभएको थियो।
यस १४ औं वार्षिक साधारणसभाका विशिष्ट अतिथि राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक तथा सितापाइला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष श्री केदार मानन्धर ज्यूले आफ्नै गाउँ ठाउँको फूलमालाले स्वागत गर्नु भएकोमा हार्दिक आभार व्यक्त गर्दै आफूलाई राष्ट्रिय सहकारी बैंकको संचालक निर्वाचित हुन सहयोग गर्नुहुने सम्पूर्ण सहकारीकर्मीहरु प्रति धन्यवाद व्यक्त गर्नुभएको थियो। सहकारीको मुख्य उद्देश्य सुशासन कायम हो यो सहकारी NEPSKUN ,KASKUN तथा सुशासन तिनै ठाउँमा जोडिएकाले यसको भविष्य उज्वल रहेको बताउँदै नियमित बचत तथा सशक्तिकरणको माध्यमबाट ब्राण्डिङमा पुग्न सकिने बताउनुभएको थियो। उहाँले सुशासनका नीतिहरु ncbl.com गएर हेर्न सकिने बताउनुभएको थियो।
उक्त कार्यक्रममा संस्थाको तर्फबाट उत्कृष्ट कर्जा सदस्यमा कुमारी तामाङ ,उत्कृष्ट शेयर पुँजी खरिद सदस्यमा सुधा केसी
तथा उत्कृष्ट साधारण बचत सदस्यमा शान्ति लामालाई सम्मान तथा प्रमाणपत्र वितरण गरिएको थियो
यस कार्यक्रमका प्रमुख अतिथि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड(NEPSKUN)का कोषाध्यक्ष तथा kathmandu shaving and credit cooperative union लिमिटेड (KASKUN) का अध्यक्ष श्री दिपक पनेरू ज्यूले पहिलो सत्रमा शुभकामना दिने तथा दोस्रो सत्रमा संस्थाको आय व्यय वारे छलफल तथा भावी कार्ययोजनाबारे विशेष छलफल हुने बताउनुभएको थियो। विश्व आर्थिक मन्दीले गर्दा कयौं सहकारीहरुले साधारणसभा गर्न सक्ने स्थिति नरहेको वर्तमान अवस्थामा यस सहकारीको आय-व्यय विवरण हेर्दा शेयर पूँजी ,कुल बचत १२ करोड मा वृद्धि भई जोखिम चुनौती केहिपनि नरहेकोमा खुशी व्यक्त गर्नुभएको थियो। आफ्नो बैंक सम्बन्धी कार्यहरु शतप्रतिशत यसै सहकारीमार्फत गरी संचालक, शेयर सदस्य तथा शेयर सदस्यहरुमा कर्जा प्रवाह गर्दा तथा ब्याज असुल उपर गर्दा एउटै नियम हुनुपर्नेमा जोड दिनुभएको थियो। उहाँले वर्तमान आर्थिक मन्दीको बेला संस्था सुरक्षित राखेर खर्च कम गर्न ,सञ्चालक बैठकभत्ता नलिई तथा ऋण बिस्तारै बिस्तारै फिर्ता गरी अघि बढ्न सहज हुने कुरा बताउनु भएकोथियो।
कार्यक्रमका अथिति तथा यस संस्थाका निबर्तमान कोषाध्यक्ष, हाल नागार्जुन नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष श्री उमेश लामाले सर्व सम्मत नवनिर्वाचित कोषाध्यक्ष पवित्रा खतिवडा तथा सञ्चालक सदस्य सुरेश गोतामे लगायत पुरै टिमलाई हार्दिक बधाई दिँदै आफू हाल अभिभावकीय पदमा भएकाले आफ्नो ठाउँबाट संस्थालाई सक्दो सहयोग गर्ने बताउँदै समय अनुकूल भएमा पछि फेरि संस्थामा जोडिन सक्ने बताउनुभएको थियो।
संस्थाको १४ औं बाषिर्क साधारण सभामा अतिथीको रुपमा नागार्जुन PABSON का अध्यक्ष श्री वासुदेव घिमिरे ,gorkha kathmandu नागार्जुन सेवा समाजका अध्यक्ष श्री जीव नाथ अधिकारी,यस संस्थाका सदस्य तथा हाल वडा सदस्यमा निर्वाचित श्री बम बहादुर श्रेष्ठ, समाजसेवीहरु श्री धनबहादुर श्रेष्ठ, श्री शंखवीर पुतुवार, श्री सुमन श्रेष्ठ, नेपाल तामाङ सेवा समिति इचंगुनारायणका अध्यक्ष श्री दिल वहादुर लामा लगायत थुप्रै प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो।
सभालाई समापन गर्दै संस्थाका अध्यक्ष श्री शिव बहादुर तामाङ्गले संस्थाको प्रगति हुनमा सञ्चालक मात्र नभई सदस्य लगायत कर्मचारी तथा शेयर सदस्य सबैको उत्तिकै दायित्व हुने बताउँदै आफूलाई लागेका र जाने बुझेका कुरा संस्थामा आएर सल्लाह दिन, जानेबुझेका सुझावहरु आदानप्रदान गर्न अनुरोध गर्नुभएको थियो। कार्यक्रमलाई भव्य सभ्य रुपमा सम्पन्न गर्न सहयोग गर्नु हुने सम्पूर्णमा हार्दिक आभार गर्दै कार्यक्रम समापन गर्नुभएको थियो।