गरीबमारा राष्ट्रघाती व्यवस्था!
गरीबमारा राष्ट्रघाती व्यवस्था!
नेपाललाई सिध्याउन जनतालाई अनैतिक र कङ्गाल बनाई आफ्ना दलाल नेताहरूलाई चुनावमा मत किन्न सजिलो बनाउन विदेशीहरुले धर्म = मानवता नैतिकता निरपेक्ष गरीबमारा यो धनिकतन्त्र भिराएर सरकार र विद्रोही नेतृत्वकाे गाेप्य सहमतिमा अकल्पनीय नरसंहार मच्चाएका रहेछन्!
कथित जनयुद्धमा कुनै पनि पक्षको ठूलो नेता / अधिकारी नमारिनु,
सरकारले लुटतन्त्र जाेगाउन विपरीत ध्रुवीय सरकार चलाइरहनु,
सधैं चुनाव जित्न र भ्रष्टाचार गर्न ठूला नेताहरूमा गाेप्य सहमति रहनु,
उनले बहुसंख्यक देशभक्तहरुकाे खेदाे गर्नु,
सरकार सत्यनिरूपणकाे नाममा हत्या प्राेत्साहन विधेयक पास गर्न कस्सिनु ,
सरकार नेपालीलाई अल्पमतमा पारी नेपाललाई भारतमा गाभ्न असङ्ख्य विदेशीहरुलाई नागरिकता दिन र संसदबाट Mcc पास गरेर नेपाललाई अर्को युक्रैन बनाउन कस्सिनु इत्यादिबाट उक्त तथ्यहरु छर्लङ्ग छन्।
अब Spp मा हस्ताक्षर गरेर हाम्रो उत्तरी सीमाका धेरै ठाउँमा अमेरिकी सेनाका ब्यारेकहरु राख्ने ठूलो तयारी छ! त्यसबाट रुस र चीन साह्रै रिसाएका हुनाल यसै बीचमा रूसी समर्थनमा इन्डियाले नेपाललाई निल्न बेरै छैन।
यो चुनावपछि प्रकृति मिल्दाे नेका र एमालेकाे दिगो सरकार बनाई राष्ट्रहितमा नलागेर भ्रष्ट पार्टीहरु धेरै पार्टीको विपरीत ध्रुवीय अस्थिर सरकारहरु बनाई
नेपाललाई समाप्त पार्न तल्लीन छन् ।
राज्यको हरेक अङ्गमा यिनैका खेतालाहरु भरिएका हुनाले यी संस्थाहरुबाट निष्पक्ष न्याय कदापि हुँदैन।त्यसैले उक्त अङ्गहरुमा विदेशीहरुकै नियन्त्रण देखिन्छ।
१०० भन्दा पनि कम सांसद र १५ जनाभन्दा कम मन्त्रीबाट सञ्चालन हुनसक्ने निर्धनतम नेपालमा आजीवन पद नछाड्ने दश गुना बढी सांसद र मन्त्रीहरुलाई हामी निरीह जनताले विदेशीकाे अथाह ऋण बाेकेर पनि पाल्नैपर्ने !
यस्तो नेतापाल संघीयता तथा चुनावमा १० % मात्रै मत पाउने उम्मेदवार समेत विजयी मानिने यो कुव्यवस्था मात्रै लाेकतान्त्रिक रे!
शिक्षा स्वास्थ सुरक्षा इत्यादि माैलिक हकहरु माफियाहरुकै कब्जामा छन् !
गरीबलक्ष्यित समानुपातिक पदहरुमा समेत अर्बपति नेता र उनकै परिवार मात्रै अटाउँछन्!बाँकी पदहरु उनले करोडौंमा बेच्छन् !
यस्ता नेता र धनका प्रतिनिधिहरुलाई हामीले जनप्रतिनिधि मान्नुपर्ने!
जनतामाथि अचाक्ली कर थप्दै नेताहरूले अथाह रकम तलब भत्ता लिनु र उपचारका नाममा मनपरि अर्बसम्म लुट्नु अग्रगमन रे!
जनताको लागि त सिटामाेल समेत दुर्लभ!
२०४७ अघि आत्मनिर्भर रहेको नेपाललाई पूर्णतया परनिर्भर बनाएको
यस्तो जनतामारा व्यवस्था जाेगाउनु नै लाेकतन्त्रकाे रक्षा रे!
अतः वञ्चनापत्र बाँडेर गरिने यी चुनावप्रति जनतामा कुनै उत्साह रहेन।त्यसैले धेरै मत बदर भए।
३ बजेसम्म ३२% मात्रै मत खसेको त्यसपछि मतदान केन्द्रहरुमा कहीँ पनि भीड नभएको हुनाले बाँकी २घण्टाभित्रैमा ६१% मत खसेकाे कुरा पत्याउन कदापि सकिँदैन।
यदि सरकारी दाबी सत्य हो भने राष्ट्र र जनताको यस्ताे दुर्दशा हुनुमा हामी जनता नै बढी दाेषी ठहरियाैं।किनकि भ्रष्ट नेताहरूले गरेका असङ्ख्य अपराधकाे हामीले अनुमाेदन गरेकाे ठहरियाे।
स्वतन्त्र र नयाँ पार्टीहरुले पनि परस्परमा तालमेल नगरी उनै भ्रष्टहरूलाई घुमाउरो पाराले ठूलो सहयोग गरे।यसरी राष्ट्रभक्ति लत्याइयाे।जातिवाद र स्वार्थवादले जित्यो ।
अब पनि यो व्यवस्था मिल्काई हामीले उपयुक्त नयाँ व्यवस्था ल्याउन नसके स्वतन्त्र नेपालकाे यो नै अन्तिम चुनाव ठहरिन सक्छ।त्यसपछि भावी पुस्ताले हामी सबैलाई सधैं धिक्कार्नेछ!