Advertisement

नव-निर्मित प्रहरी भवन उद्‍घाटन सम्पन्न ।

२०७९ पुष २३, शनिबार ०४:३४
६६
उद्धब बञ्जारा

पौष-२२, पोखरा ।
गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रामदत्त जोशीले म्याग्दि जिल्ला स्थित निर्माण सम्पन्न भएको प्रहरी चौकी मौवाफाँटको नव-निर्मित भवनको उद्‍घाटन गर्नुभएको छ ।
गण्डकी प्रदेश सरकारको नियमित बजेट बाट म्याग्दि जिल्लाको रघुगंगा गाँउपालिका-३ मौवाफँटमा निर्माण सम्पन्न उक्त प्रहरी चौकीमा प्रहरी कार्यालय भवन, मेष, ब्यारेक लगायतका भवनहरु निर्माण गरिएको हो । उद्‍घाटन पश्चात प्रहरी नायव महानिरीक्षक जोशीले उक्त भवनको निरीक्षण तथा अवलोकन समेत गर्नुभएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रहरी नायव महानिरीक्षक जोशीले प्रहरी आम नागरिकका समस्या समाधनका लागि खटिने जिम्मेवार निकाय भएकाले उच्च व्यवसायीकता प्रदर्शन गर्दै आम नागरिकका गुनासो एवं पिरमर्कालाई सम्बोधन गर्ने गरी शिष्टता र नम्रताका साथ नागरिक मैत्री प्रहरी सेवा प्रवाह गर्न गराउन कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन गर्नुभयो ।
उक्त कार्यक्रममा म्याग्दि रघुगंगा गाँउपालिका अध्यक्ष भव बहादुर भण्डारी, म्याग्दिका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, जिल्ला प्रहरी कार्यालय म्यागदिका प्रमुख प्रहरी नायव उपरीक्षक तिलक भारती, स्थानीय जनप्रतिनिधि लगायत आम नागरिकको उपस्थिति रहेको थियो ।