Advertisement

चोरीमा संलग्न मानिसहरु पक्राउ

२०७९ पुष १९, मंगलवार ०६:३८
४८
उद्धब बञ्जारा

चोरीमा संलग्न मानिसहरु पक्राउ

मिति २०७९/०९/१० गते काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.०६ रामहिटी स्थित पेमा छिरी शेर्पाको कोठा भित्रबाट DELL कम्पनीको ल्यापटप थान १ र SAMSUNG कम्पनिको मोबाईल थान १ अपरिचित मानिसले चोरी गरी फरार रहेको भन्ने सुचना प्राप्त ।

प्राप्त सुचनाको आधारमा प्रहरी प्रभाग कपन बाट खटिएको प्रहरी टोलीले मिति २०७९/०९/१७ गते अं.१६:०० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.०६ रामहिटी स्थित सडकखण्डमा चेकजाँच गर्दा तपशिलमा उल्लेखित चोरी भएको सामान सहित चोरीमा संलग्न निम्न मानिसहरुलाई नियन्त्रणमा लिएको ।

क) चोरी भएको सामानहरुको विवरणः-
a) DELL कम्पनीको डार्क ब्ल्यु रंग भएको ल्यापटप थान ०१ ।
b) SAMSUNG कम्पनिको मोबाईल थान ०१ ।

ख) पक्राउ परेको मानिसहरुः-
१) जिल्ला सोलुखुम्बु स्थाई घर भई हाल काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.०६ रामहिटी बस्ने भनि बताउने बर्ष ३४ को सोनाम शेर्पा……………………….।
२) काठमाण्डौ जिल्ला गोकर्णेश्वर न.पा. वडा नं.०२ स्थाई घर भई हाल काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.०६ रामहिटी बस्ने बर्ष ४५ को देव तामाङ……………………………।