Advertisement

तमु ल्होसार तथा पुसे १५, घिउखट्टे तथा लट्टेखाने दिन!

२०७९ पुष १५, शुक्रबार १९:०६
१०२
उद्धब बञ्जारा

तमु ल्होसार तथा पुसे १५, घिउखट्टे तथा लट्टेखाने दिन!
सबैमा शुभकामना 🙏💐🚩🍚🥣

वैशाखमा जौ को सातु र सर्वत्!
असार-१५ मा दहि-चिउरा!
साउन-१५ मा खीर!
दशैंको सेरोफेरोमा चिउरा, तिहारको सेरोफेरोमा सेलरोटी! हरिवोधनी एकादशीमा उसिनेको सखरखण्ड!
एकादशीकै सेरोफेरोमा दही-चामल!
पुष-१५ मा घिउखट्टे र लट्टे!
माघेसंक्रान्तीमा उसिनेको तरुल-पिंडालु इत्यादि

सिजन अनुसारको अन्नपातको भोजनको अतिरिक्त परापुर्व देखि नै हाम्रा गाउँ-घरमा विभिन्न मौसम र सिजन अनुसार विभिन्न चाडपर्वहरुको अवसरमा शरिरमा विभिन्न तत्वहरुको सन्तुलनको लागि खेती र पशुपालनबाट उपलब्ध प्राकृतिक चीजबीजहरुबाट आ-आफ्नो आर्थिक हैसियत अनुसार विशेष खाद्य परिकार बनाई खाईने चलन जुन नेपालको भूगोल र हावापानीमा आज पनि उत्तिकै वैज्ञानिक छ।

आज हामीले पनि आफ्नै खेतमा फलेको अनधी चामलको लट्टे खादै छौं ।🍚🥣