Advertisement

अहिले नेपालमा सबैभन्दा बिचरा को छन ??

२०७९ पुष ११, सोमबार १४:५६
७५
उद्धब बञ्जारा

अहिले नेपालमा सबैभन्दा बिचरा को छन ??
१) ओलिले बिगत २ बर्षमा गरेका सम्पुर्ण निर्णयको प्रतिरक्षा गर्ने एमाले कार्यकर्ता ! किन ?-यो सब दुख सङ्घर्ष गरेको ,प्रतिगामि भनेर गालि खाको,५ दलसङ्ग गाउ सहरमा पैठेजोरि खेलेको ,प्रचन्डलाई प्रम बनाउन हो र !! बिचरा हामि !!!
२ ) ओलिको रिस,ब्यक्तिगत कुन्ठा अनि प्रचन्डले बैतरणि तारिदिन्छन भन्ने आसले आफैले दशकौ मेहनत गरेर बनाएको पार्टि फुटाउने माकुने र माकुने सङ्गै सति जाने नेता कार्यकर्ता ! किन ? – तत्कालिन नेकपा फुटाउन मुख्य उत्प्रेरक बनेर ,ओलोकतान्त्रीक अध्यादेश मार्फत पार्टि फुटाएर सम्पुर्ण रुपमा माओबादिले बचाईदिन्छ भनेर स्थानिय देखि सम्सदिय चुनाब सम्म आफु राष्ट्रीय पार्टि नहुदा समेत एमाले हराईयो भनेर बिजय उत्सब मनाको त प्रचन्ड त १ शब्द नसोधि ओलिको बार्दलिमुनि पुगेछन ,अब सिपि पथ भन्दा अर्को त मार्ग देखिदैन !! बिचरा !!!
३) के के न होला भनेर स्वतन्त्र शब्दको दुरुपयोग भएको समेत आखा चिम्लेर रबि लामिछानेको पार्टिलाई भोट हाल्ने जनता ,किन ? – स्वतन्त्र शब्दको अनि साचिकै स्वतन्त्रहरुको भावनाको हुर्मत लिएर बनेको पार्टि (खासमा पार्टि पनि होईन , रबि कम्पनि र स्वतन्त्र उठ्न खोजेकाहरुको गठबन्धन ) लाई नया हो केहि गर्लानि त भनेर नो नट अगेन भनेर मुलधारका पार्टिलाई दुत्कार्दै तेत्रो भोट हालेको ,माओबादिलाई हाले बराबर पो भो त ,नो नट अगेन हैन प्रचन्ड ओन्स अगेन पो परेछ !!! बिचरा !!
४) मन्त्री र ब्यक्तिगत फाईदाका लागि देउबालाई भोट हाल्ने काङ्ग्रेसि साम्सद ,किन ? – देउबा प्रम होलान,मन्त्री बनाईदेलान,नभए आफ्ना मान्छेलाई राजदुत ,सस्थानको जिएम,राजनितिक नियुक्ति देलान भनेर गगनलाई उचालि उचालि पछारेको ,देउबाकै प्रम चिप्ल्यो ,अब न गगनको गुटले बिस्वास गर्छ ,देउवाको लागि त किनेका भेडा के मतलब !! बिचरा !!!!