
No Visa, Free Ticket”

बिहानै चितवन क्षेत्र नम्बर २ का माननीय रबि लामीछानेको एक फेसबुक स्टाटस पढ्दै थिए। “जहाँ लेखिएको थियो No Visa, Free Ticket”
यो देशमा मान्छे बाकसमा मात्र फर्किनु पर्छ भन्ने छैन। विदेशमा रहनु भएका ब्यवस्थापनमा दखल राख्ने, स्वदेशमा केही गर्न इक्छुक ब्यक्तिको हामीलाई खाँचो परेको छ। हाम्रो चितवन कार्यालयका लागि प्रमुख कार्यकारी अधिकृत CEO भएर बिकास, सुसासन, ब्यवस्थापन लगायतका सम्पुर्ण कार्यभार सम्हाल्न सक्ने मान्छेलाई अति आकर्षक तलब तथा सुबिधा सहित म एयर्पोटमा स्वागत गर्न तयार छु। कति बाकसमा मात्र फर्किने? अब आकर्षक जागीरका लागि श्वास र आश लिएर नेपाल आउने नी, हैन त? शुरूवात एक जना बाट, थप योजना सार्वजनिक गर्दै जाँउला। आफ्नो CV मलाई पठाउनु होला। म तपाईं लाई लिन आफै एयर्पोर्ट आउछु।
“जुन स्टाटस पढेपछि आज युवाहरू मनमा एउटा कुरा खेली रह्यो।; हाम्रो चितवन कार्यालयका लागि प्रमुख कार्यकारी अधिकृत CEO भएर बिकास, सुसासन, ब्यवस्थापन लगायतका सम्पुर्ण कार्यभार सम्हाल्न सक्ने मान्छेलाई अति आकर्षक तलब तथा सुबिधा सहित म एयर्पोटमा स्वागत गर्न तयार छु। यहि जिम्मेवारी बोध गर्ने मान्छे बिदेशबाट नेपालमा जागिर गर्न नेपाल फर्केलान। “खै को आउला र यहाँ जागीर खान।;नेपालमा अहिले आफ्नो सामान्य घरपरिवार पाल्न बाध्यताले बिदेशीनु परेको छ,अर्कोतिर यहाँ यस्तै जिम्मेवारी समाल्न सक्ने मान्छे नेपालमा राम्रो सेवा सुबिधा पाउदा पाउदै पनि बिदेश जान तयारीमा बसेका छन। माननीय ज्यु को पक्कै यो सुरुवात होला,भनेजस्तो नहोला।;तर देश बनाउन यस्तै सुरुवात चाल्नु आवश्यक छ।,
निर्वाचनको आसपासमा म पनि चितवनमा तीन पटक निरन्तर गए अध्यन अबलोकन गर्दा सम्भावनाको महासागर हो चितवन। “तर यहाँका युवालाई कृषिलाई नाफामूलक व्यवसायका रुपमा स्थापित गर्न नसक्दा यस क्षेत्रमा लगानीका लागि निजी क्षेत्र र रोजगारीका लागि युवा उद्यमीहरु आकर्षित हुन सकेका छैनन्। यसलाई मध्यनजर गरि काम गर्न सक्दा चितवनबाट देशभर ठूलो सन्देश दिन सकिन्छ । यस कार्यलाई प्रभावकारी बनाउन अघि बढ्ने कि माननीय ज्यु?
#चितवनमा कृषिमा सम्भावना
कृषिसँगै विभिन्न उद्यमशील उद्योगहरुको सम्भावना भएको क्षेत्र हो, चितवन । कुखुरापालनमा चितवन देशकै अग्रणी जिल्ला हो । दूध उत्पादनमा स्थानीय तहमा भरतपुर महानगर पहिलो हो । त्यसैगरी तरकारी, केरा, मौरीपालनलगायतमा जिल्ला अग्रणी मानिन्छ । चितवनमा अन्नबाली, दलहन तथा तेलहन खेती, तरकारी तथा फलफूल, फूलखेती, माछापालन तथा रेसमखेती प्रमुख कृषि क्षेत्र हुन् र हाल थुप्रै बाली, वस्तुहरु व्यावसायिक उत्पादन भइरहेका छन् । ड्रागन, आभाकाडो तथा स्ट्रबेरी कागतीखेतीहरु पनि हुन थालेका छन् । चितवनको पश्चिमी क्षेत्रमा हल्का माटो भएको पानी नजम्ने भूभागमा वर्षायाममा समेत तरकारी व्यावसायिकरुपमा रहेको छ भने एक खेती धानमा सीमित रहनुपर्ने जमिनमा माछा पोखरी निर्माण भई चितवनमा माछापालन व्यवसाय फस्टाउँदो रहेको छ ।
कृषि पेसामा च्याउखेती, आलङ्कारिक फूल तथा बोटबिरूवाको नर्सरी एवं गार्डेनिङसमेतलाई व्यावसायिकरुपमा आत्मसात् गरिएको छ । वर्षैभरि सुरक्षित तथा गुणस्तरीय तरकारीखेतीका लागि पोलिहाउस तथा नेटहाउस प्रविधिको अनुसरणमा चासो बढ्न थालेको छ । अधिकांश समथर भूमि र केही होचा पहाडी भूभाग रहेको चितवन जिल्लामा बहुसंख्यक जनसंख्या कृषिमा नै आधारित छ ।
चितवन विविध भौगोलिक बनावट र जैविक विविधताले सम्पन्न जिल्लाको रुपमा चिनिन्छ । यहाँका धेरै सम्भावनाहरुमध्ये कृषि विकासको सम्भावनालाई आवश्यकतासँग जोडेर अगाडि बढ्नु आजको अपरिहार्यता हो । समुन्नत राष्ट्रनिर्माणका लागि कृषिभित्रका महत्त्वपूर्ण खाद्यान्न बाली, तरकारी, फलफूल, दूध, मासु, अण्डा आदिको उत्पादन र उत्पादकत्व बढाउनका लागि असल कृषि अभ्यास तथा असल पशुपालन अभ्यास अवलम्बन गर्नु अतिआवश्यक छ ।
कृषि पेसालाई प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा असर गर्ने वातावरणीय पक्षहरु जस्तैः वनजंगल, भूमिगत जल, खोलानाला आदिको समुचित संरक्षण, सदुपयोग र प्रवद्र्धन गर्न आवश्यक छ । कृषिजन्य उत्पादनका लागि चाहिने सामग्रीहरु जस्तैः बीउबिजन, रासायनिक मल, प्राङ्गारिक मल, विषादी र अन्य कृषिजन्य सामग्रीहरुको समुचित उपयोग, प्रसार र निरीक्षणको टड्कारो आवश्यकता छ । विशेषगरी, युवापुस्ताको रोजाइमा कृषि पेसा नपर्ने हुनाले यसलाई युवा आकर्षित बनाउनका लागि कृषिमा व्यावसायीकरण बजारमुखी र रोजगारमूलक वनाउनका लागि सबैको ध्यान पुग्न जरूरी छ ।
नेपालमा परम्परागतरुपमा निर्वाहमुखी खेती प्रणाली अवलम्बन गरिँदै आएको र कृषि विकासका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट भएका प्रयासहरु सीमित स्रोत र साधनहरुका कारण एकीकृतरुपमा नभई छरिएर जाने गरेकाले प्रतिफलमुखी हुन सकेका छैनन् । कृषिलाई नाफामूलक व्यवसायका रुपमा स्थापित गर्न नसक्दा यस क्षेत्रमा लगानीका लागि निजी क्षेत्र र रोजगारीका लागि युवा उद्यमीहरु आकर्षित हुन सकेका छैनन् । गुणस्तरीय कृषि उत्पादन सामग्रीहरुको उपलब्धता सुनिश्चित गर्न नसक्नु, कृषि उपज उत्पादनमा यान्त्रीकरण अवलम्बन हुन नसक्नु र कृषि विकासका लागि आवश्यक सिंचाइ, कृषि सडक, ग्रामीण विद्युतीकरण, कृषि उद्योगहरुसँगको समन्वयको अभाव रहँदै आएको तथा बजारमुखी उत्पादन हुन नसकेकाले कृषिलाई व्यवसायका रुपमा नभई परम्पराका रुपमा मात्र अवलम्बन गरिँदै आएको छ ।
कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने स्पष्ट मार्गचित्रका साथ कृषि उपजको उत्पादनका लागि आवश्यक प्रविधि तथा उत्पादन सामग्रीको व्यवस्था, बाली÷वस्तु उत्पादनमा यान्त्रीकरण, प्रशोधन तथा बजारीकरणका लागि आवश्यक पूर्वाधारको व्यवस्थाजस्ता क्रियाकलापमार्फत कृषि क्षेत्रको व्यावसायीकरणको परिकल्पना गरी काम गर्नुपर्ने हुन्छ ।
स्थानीयस्तरमा कृषि प्रवद्र्धनका लागि ऐन, नीति, निर्देशिकाहरु तयार पार्न जरूरी छ । कृषिमा निजी क्षेत्रको लगानी बढाउन निजी क्षेत्रमैत्री नीति बनाउने साथै निजी क्षेत्रको भूमिका अभिवृद्धि गर्न र साझेदारी गर्न सार्वजनिक–निजी साझेदारी संयन्त्र बनाउनुपर्ने खाँचो छ । संयन्त्रमार्फत कृषि उत्पादनको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापारमा अवरोधहरु हटाउन र प्रमुख उत्पादन क्षेत्रहरु जोड्न पहल गर्नुपर्छ ।
उर्वराशक्ति नष्ट भएको र बाँझो जमिनको उपयोग गर्न ‘ल्यान्ड बैंक प्रणाली’ स्थापना गर्ने, साथै माटोको उर्वराशक्ति सुधार गर्न र माटोमा जैविक पदार्थ बढाउँदै लैजान, जग्गालाई पुनर्जीवित गर्न र कृषियोग्य बनाउन कार्यक्रम लागू गर्ने आवश्यकता छ । मल उत्पादन गर्न, फोहोरको पुनः प्रयोग गर्न फोहोर संकलकहरु, पुनः प्रयोगका लागि समूहहरु र निजी क्षेत्रलाई प्रोत्साहित गर्नेका साथै जैविक मल उत्पादन गर्नका लागि सहयोग प्रदान गर्न जरूरी छ ।
कृषि पेसा दिनानुदिन महँगो, उत्पादनमा बढी लागत लाग्ने र विभिन्न प्रकारका प्राकृतिक प्रकोपबाट सताइने परिवेशबाट गुज्रिरहेको पाइन्छ । एकातिर खेतीमा संलग्न श्रमशक्तिको कमी र जमिन बाँझो रहने क्रमको वृद्घि भएको छ भने अर्कोतर्फ ज्यामी, ज्याला र उत्पादन सामग्रीको महँगीले उत्पादन प्रक्रिया नै महँगो हुँदै गइरहेको छ । कृषकलाई यस पेसामा अड्याइराख्नु र व्यावसायीकरणको सम्भावनालाई वृद्घि गर्न कुनै न कुनै प्रकारको अनुदानको व्यवस्था नगरी सुखै छैन ।
प्रचलनमा रहेका अनुदानका प्रकृति व्यावहारिक र वैज्ञानिक देखिँदैन । कृषि बिमा प्रभावकारी बन्न सकिरहेको छैन भने बैंकिङ क्षेत्रको लगानी पनि कृषकमुखी भएको देखिँदैन । उत्पादनमा आधारित वैज्ञानिक अनुदान पद्घतिको सुरूवात गरेर नै अनुदानलाई उत्पादन र उपभोक्ताबीचको सह–सम्बन्ध स्थापित गरी खाद्य सुरक्षा र दिगो उत्पादन प्रणालीलाई विकसित गर्न सकिन्छ ।
अशोक बहादुर टण्डन
हाल – कालीकानगर/ चितवन