नेपालीको लागि सुखद खबर कोरिया देखी नेपाल पुगे १७ करोड मूल्यका साँढे र बाछी।

नेपालीको लागि सुखद खबर कोरिया देखी नेपाल पुगे १७ करोड मूल्यका साँढे र बाछी।
दक्षिण कोरियबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साढे १७ करोड रुपैयाँ मूल्य बराबरका कोरेली बाछी र साँढे पुगेका छन् । नेपाल सरकारले गणतन्त्र कोरियाको कृषि, खाद्य तथा ग्रामीण मामिला मन्त्रालयको स्वीकृतिमा बिहीबार ३६ वटा कोरेली बाछी र ६ वटा साँढे उपहारस्वरुप ल्याएको हो ।
उच्च गुणस्तरका कोरेली बाछी र साँढे एसियन एयरलाइन्सबाट त्रिभुवन विमानस्थलमा ल्याइएको हो । नेपाल ल्याउनका लागि हेफर इन्टरनेसनल नेपाल र कोरियाले सहयोग गरेका छन् । हेफर इन्टरनेसनल नेपालका सञ्चार प्रवन्धक प्रबिन गुरुङका अनुसार एउटा बाछीको मूल्य ३ हजार अमेरिकी डलर पर्छ । त्यस्तै एउटा साँढेको मूल्य २ लाख डलर पर्छ ।
‘कोरियाका किसानले अनुदान/उपहार स्वरुप कुल १ सय १ वटा बाछी र २० वटा साँढे दिएका छन् । पहिलो लट अनुसार बिहीबार ४२ वटा आइपुगेका छन्’ उनले भने, ‘अरु बाछी र साँढेहरु पनि क्रमिक रुपमा आउनेछन् ।’ नेपाल ल्याइएका ती बाछी र साँढे क्वारेन्टाइनका लागि कृषि अनुसन्धान परिषद (नार्क)मा राखिनेछ । त्यसपश्चात सिन्धुलीका किसानलाई हस्तान्तरण गरिने जनाइएको छ । ‘८१ वटा बाछी किसानलाई वितरण गर्छौं, बाँकी २० वटा बाछी र २० वटा साँढे सरकारलाई हस्तान्तरण गर्नेछौं’ उनले भने।#सन्दर्भ:-बिगतमा केही बर्षा अगाडि हाम्रो देश नेपालले कोरिया लाई खदान्न सहयोग गरेको थियो भन्ने केही बर्ष नबित्दै आज कोरियाले उल्टो नेपाल लाई अनुदान गर्दा आज बिश्व स्तरमै हाम्रो देशको हैसियत कत्रो भइ सक्यो भन्ने यसैले अनुमान लगाउन सकिन्छ। सायद हाम्रो नेपाल देशमा बढी बुद्धिजीवी र नेता भएको हुनाले हो कि??