Advertisement

गोत्र तपाईको जीन अर्थात DNA हो।

२०७९ पुष ७, बिहीबार ०५:५२
६३
उद्धब बञ्जारा

तपाई थर तपाईको गोत्र हो, तपाईको गोत्र तपाईको जीन अर्थात DNA हो। विवाहमा वैदिक प्रविधिबाट मन्त्रोच्चारण गरेर वधुको गोत्र फेरिन्छ।
गोत्रको प्रयोग विवाहमा गरिन्छ। केटातर्फको १३ पुस्ता र केटी तर्फको ६ पुस्तासम्म सगोत्रीसंग विवाह नगर्नु भन्ने वैदिक परम्पराको पछाडीको विज्ञान यही DNA हो। थर जे मन लाग्यो लेख्दै गइयो भने पछि सगोत्रीमै विवाह भएर सम्तानोत्पादन हुन पुगेर ईनब्रिडिंग हुने र विकृत सन्तान जन्मने हुन्छ। यस्ता समस्याहरू अहिले गोत्र नमान्ने मानव समाजमा देखिदै गएका पनि छन्। आफ्नै हाडनातामा विवाह भएर सन्तान उत्पादन पुगेपछि सिर्जना हुने रोगको उपचार लगभग असंभव हुने हुन्छ। पश्चिमा मुलुक र अरब मुलुक र त्यस्तै अन्य समाजमा यस्ता समस्याहरू तिब्र बढ्दै गरेको देखिदैछन्।
कति वैज्ञानिक रहेछ वैदिक गोत्र प्रणाली ! विवाह गर्दा कुल घराना हेरेको पनि कुनै यस्ता रोगहरूबाट ग्रसितहरू त छैनन् भनेर हो।