
चोरीमा संलग्न मानिसहरु पक्राउ

मिति २०७९/०८/१७ गते अं.२०:३० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.०६ सरस्वतीनगर स्थितमा चोरी गरी फरार भन्ने सुचना प्राप्त भयकाे थियााे।
प्राप्त सुचनाको आधारमाचोरीमा संलग्न मानिसको खोजतलास गर्दै जाने क्रममा काठमाण्डौ जिल्ला बुढानिलकण्ठ न.पा. वडा नं. १० कपन साततले सडकखण्डमा प्रहरी प्रभाग कपन बाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा तपशिलमा उल्लेखित चोरीका निम्न सवरी साधन र मोबाईल फेला पारी बरामद गरी निजहरुलाई नियन्त्रणमा लिएको छ।
क) बरामद गरिएको समानहरुः-
१) बा ८४ प ८४८१ नम्बरको होण्डा कम्पनिको चेसिस नम्बर ME4JF393FF7022147 भएको स्कुटर ।
२) स्रोत नखुलेको POCO कम्पनिको मोबाईल थान ०२ ।
ख) पक्राउ परेका मानिसहरुः-
१) जिल्ला मकवानपुर भिमफेदी गा.पा. वडा नं.०२ स्थाई घर भई हाल काठमाण्डौ जिल्ला बुढानिलकण्ठ न.पा. वडा नं.११ कपन पैँयुटार बस्ने बर्ष ३० को भुवन गोपाली…………………..।
२) जिल्ला सिन्धुपाल्चोक हेलम्बु गा.पा. वडा नं.०३ स्थाई घर भई हाल काठमाण्डौ जिल्ला बुढानिलकण्ठ न.पा. वडा नं.११ कपन पैँयुटार बस्ने बर्ष ३२ को किरन बराल……………….।
उक्त घटना सम्बन्धमा प्रकरण (क) मा बरामद दशीसहित प्रकरण (ख) मा उल्लेखित पक्राउमा परेको व्यक्तिहरुलाई थप अनुसन्धान तथा कारबाहीको लागि तालुक प्रहरी बृत्त बौद्ध पठाईएको ।