Advertisement

जिन्दगीको सत्य:

२०७९ पुष ४, सोमबार १६:४४
९४
उद्धब बञ्जारा

जिन्दगीको सत्य:
जुनदिन हाम्रो मृत्यु हुन्छ, हाम्रो पैसा बैंकमा नै रहन्छ। जिउँदो हुँदा लाग्छ मसँग खर्च गर्न पर्याप्त पैसा छैन। तर, जब हामी परलोक जान्छौ, तेतिखेर खर्च नभएर बँचेको धन बैंक, शेयर वा अरु कसैको हातमा रहेको हुन्छ।
०००००
कुनै जमानामा एकजना चिनियाँ बादशाहको मृत्यु भयो। उ आफ्नो श्रीमतीको लागि बैंकमा ५ बिलियन डलर बराबरको सम्पत्ति छोडेर गयो। समय बित्दै जाँदा उसकी विधवाले आफ्नो जवान नोकरसित विवाह गरिन। तेसपछि त्यो नोकरले भन्यो “म हमेशा सोच्थेँ कि, म आफ्नो मालिकको लागि काम गरिरहेको छु। तर अब स्पष्ट भयो, मालिकलेनै हमेशा मेरो लागि काम गर्नुभएको रहेछ।”
०००००
यसबाट के सिक्न सकिन्छ त?
* अधिक धन आर्जन गर्नुभन्दा अधिक आनन्दमय जीवन बाँच्न सक्नुपर्छ।
* राम्रो र स्वस्थ शरीरको लागि प्रयास गर्नुपर्छ।
* महंगो फोनको 70% फंकशन अनुपयोगी रहन्छ।
* महंगो कारको 70% गतिको उपयोग हुदैन।
* दराजमा रहेका 70% कपडा त्यतिकै उपयोग बिहिन हुन्छन।
* पुरै जिन्दगीको 70% कमाई अरुको उपयोगको लागि बाँकि रहने गर्छ।
* 70% गुणहरुको उपयोग हुदैन भने 30% गुणहरुको पनि सहि उपयोग
भएको हुँदैन।
* स्वस्थ भएर पनि निरन्तर चेक अप गर्नुपर्छ।
* प्यास नलागे पनि न्यूनतम दैनिक ३ लिटरसम्म पानी पिउनुपर्छ।
* हरेक पल अहंकार रहित हुनुपर्छ, झुक्न सिक्नुपर्छ।
* शक्तिशाली भएर पनि सरल हुनुपर्छ।
* धनी नभए पनि सुखद जीवन जिउन प्रयास गर्नुपर्छ।
०००००
काबुमा राख्नुस – प्रार्थनाको समयमा आफ्नो मन र हृदयलाई।
काबुमा राख्नुस – खाना खाने समयमा मुख र पेटलाई।
काबुमा राख्नुस – कसैको घर जाँदा आँखालाई।
काबुमा राख्नुस – बोल्दा आफ्नो जिब्रोलाई।
काबुमा राख्नुस – अर्काको धन देख्दा लोभलाई।
०००००
भुलिदिनुस – आफ्नो राम्रो कर्मलाई।
भुलिदिनुस – अर्काको गल्तिलाई।
भुलिदिनुस – अतितको तीतो संस्मरणलाई।
छोडिदिनुस – अरुलाई तल देखाउन।
छोडिदिनुस – अर्काको धनमाथि चाहना राख्न।
छोडिदिनुस – अरुको समृद्धी देखेर जल्न।
छोडिदिनुस – अर्काको कुरा काट्न।
छोडिदिनुस – अरुको सफलतामा दु:खी हुन।
छोडिदिनुस – आफ्नो प्रशंसा आँफै गर्न।
०००००
आफ्ना आफन्त दु:ख पाउने छन भने नबोलाइकन पनि उनिहरुकोमा पुग्ने गर्नुस।
आफ्ना आफन्त सुख पाउने छन भने नबोलाइकन उनिहरुको घरमा नजानुस।
०००००
भाइ बहिनी भोकै छन भने तपाईंले महंगो कार चढ्दैमा ईज्जत बढ्दैन।
दाजु-दिदी, भाइ बहिनी पनि सुखमा छन भने तपाईंले सस्तो कार चढ्दा पनि ईज्जत बढ्छ।
०००००
बाबा आमा ईश्वरकै प्रतिरुप हुन, बिश्वास गर्नुस। आमा भन्दा धेरै प्यारो र बुबा भन्दा ठूलो भरोसा दुनियामा अरु पाउनु हुँदैन।
पृथ्वीनै स्वर्ग हो, यसलाई मानिसलेनै कुरुप वनाएको हो।
उभिनलाई ठाउँ दिने जमीन, प्यास मेटिदिने जल, प्रकाश दिने सूर्य (अग्नि, दीपक), श्वास फेर्न सघाउने वायु (अक्सिजन), उड्न हिँड्न सहयोग पुर्याउने आकाश स्वयं ईश्वर हुन। एक मिनेट आँखा चिम्लेर सोच्नुस। प्रयोग गरेर हेर्नुस।
०००००
पितृ देवताको नित्य प्रार्थना आराधना गर्नुस।
कूल देवता, ईष्ट देवताको पूजा अर्चना गर्न नछुटाउनुस।
कम बोल्नुस बढी काम गर्नुस।
पशु पंक्षीलाई माया गर्नुस। यो पृथ्वीमा जति तपाईंको अधिकार छ, तेतिनै अधिकार ती पशु पंक्षीको छ।
०००००
परोपकाराय पुण्याय पापाय परपीडनम्।
००००#ॐ नमः शिवाय 🌹🙏🌹