Advertisement

“पूर्वाधार विकास सम्बन्धी छलफल!!”(नागार्जुन विशेष)

२०७९ पुष २, शनिबार १२:१८
१२१
Ashok Pokharel

२ पौष, नागार्जुन काठमाडौँ।

आज मिति २०७९/०९/०२ गते नागार्जुन नगरपालिका वडा नं ३ का  वडा अध्यक्ष श्री उमेश लामाको अध्यक्षतामा स्वयम्भू चोकबाट हल्चोक हुँदै रामकोट भिमढुंगा धादिङ जोड्ने ९ मिटरको मूल सडक निर्माण अन्तर्गत पहिलो चरणमा स्वयम्भू चोकबाट नागार्जुन नगरपालिका वडा नम्बर ३ को वडा कार्यालयसम्म  का लागि मूल सडकबाट दायाँबायाँका सडकपेटी ,निजी जग्गा ,सार्वजनिक जग्गा को मापदण्ड निर्धारण गर्न, खानेपानी, ढल, बिजुलीबत्ती तथा टेलिकम लगायत पोलहरुको सहजीकरण गरी, सार्वजनिक शौचालय, सार्वजनिक धारा, यात्रु प्रतीक्षालय आदि राख्ने ठाउँ निर्धारण गर्न, मूल रोडको केन्द्रबिन्दुबाट दुवैतिर बराबर गरी बाटो विस्तार गर्ने कार्य सञ्चालन गर्न नागार्जुन नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष श्री उमेश लामा तथा वडा नम्बर ५ का वडा अध्यक्ष श्री महेश रिमालको संयोजकत्वमा तथा प्रत्यक्ष बाटोसँग सरोकार राख्ने आदरणिय उपभोक्तहरूको सहभागितामा भोलि मिति २०७९/०९/०३ गतेबाट कार्य प्रारम्भ गर्ने गरी मूल बाटो निर्माण सहजीकरण समिति चयन गरी आजको छलफल सम्पन्न गरिएको छ। उक्त छलफल नागार्जुन नगरपालिका वडा नम्बर ५ छग्डोलमाअवस्थित युवा समाजको भवनमा गरिएको थियो।

उक्त कार्य सम्पन्न गर्नको लागि सात सदस्यीय सहजीकरण समिति चयन गर्दै यो समिति को कार्य स्वयम्भु चोकबाट शुरु भई नागार्जुन नगरपालिका वडा नम्बर ३ को वडा कार्यालय सम्म निर्माण गरुन्जेल रहनेगरी छलफल सम्पन्न गरिएको हो।

सहजीकरण समिति यसप्रकार रहेको छ।

संयोजक :  श्री उमेश लामा (वडा नम्बर ३ वडा अध्यक्ष)

संयोजक  : श्री महेश रिमाल (वडा नम्बर ५ वडा अध्यक्ष)

सदस्य : श्री सागर नेपाल

सदस्य : श्री दीपक कुँवर

सदस्य : श्री यादव खनाल

सदस्य : श्री अजित के.सी.

सदस्यः  श्रीमति मीरा खनाल कुवँर