Advertisement

मोरोक्कोलाई २-० ले हराउँदै फ्रान्स विश्वकप फुटबल २०२२ को फाइनल प्रवेश गरेको छ ।

२०७९ मंसिर २९, बिहीबार ०७:२४
१२७
उद्धब बञ्जारा

मोरोक्कोलाई २-० ले हराउँदै फ्रान्स विश्वकप फुटबल २०२२ को फाइनल प्रवेश गरेको छ । उपाधिको लागि आइतबार फ्रान्स र अर्जेन्टिनाको भिडन्त हुनेछ ।

फ्रान्स फाइनल पुगेको यो चौथो पटक हो । १९९८ मा पहिलोपटक फ्रान्सले विश्वकप फाइनल खेल्दा ब्राजिललाई ३-० ले हराएको थियो । २००६ मा चाहिँ इटालीसँग पेनाल्टी सुटाआउटमा हारेको थियो ।

पछिल्लोपटक २०१८ मा फाइनल पुग्दा फ्रान्सले क्रोएसियालाई ४-२ ले हराउँदै दोस्रोपटक विश्वकप फुटबलको उपाधि जितेको थियो ।

सेमिफाइनल हारेका मोरोक्को र क्रोएसिया भने तेस्रो स्थानका लागि शनिबार खेल्नेछन् ।