Advertisement

क्षमा पुजा सम्पन्न!!

२०७९ मंसिर २७, मंगलवार २३:१५
१४१
Ashok Pokharel

२७ मंसिर, नागार्जुन काठमाडौ।

काठमाडौँ जिल्लाका प्रसिद्ध नारायणहरु मध्ये कान्छा नारायण भनेर चिनिने नागार्जुन नगरपालिका वडा नम्बर ३ मा अवस्थित ऐतिहासिक, धार्मिक ,पुरातात्विक तथा पर्यटकीय स्थलको रुपमा परिचित इचंगुनारायण मन्दिरको आज क्षमा पूजा मन्दिरको प्रांगणमा सम्पन्न गरियो। आजभन्दा करिब ५/६ सय वर्ष अगाडि लिच्छवीकालीन राजा धर्म दत्त बर्मा ले स्थापना गरेको कुरा इचंगुनारायण  संरक्षण समितिका सचिव रामचन्द्र केसीले बताउनुभयो। मन्दिरकाे रुपमा २०१५ सालमा राजा महेन्द्रको पालामा  जिर्णोद्वार गरिएको संस्थाका अध्यक्ष श्रीलाल श्रेष्ठले बताउनुभयो।

मन्दिर का मुल पुजारी श्रीमद राजोपाध्यायले विभिन्न मन्त्रोच्चारण तथा इचंगुनारायण संरक्षण समितिका अध्यक्ष श्री लाल श्रेष्ठले पूजा-अर्चना गरी क्षमा पूजा गरिएको थियो।

उक्त क्षमापूजा कार्यक्रममा बागमती प्रदेश काठमाडौ क्षेत्र नं ७ ख बाट पुनः निर्वाचित सभासद श्री प्रकाश श्रेष्ठ, नागार्जुन नगरपालिकाका उपप्रमुख सुशीला अधिकारी, नागार्जुन नगरपालिका वडा नं ३ का वडा अध्यक्ष उमेश लामा, सदस्यहरु सञ्जु थापा क्षेत्री ,बमबहादुर श्रेष्ठ ,जीवन पुतुवार, राधिका दर्नाल का ­

साथै वडा नम्बर २ का सचिव सिद्धार्थ श्रेष्ठ ,संरक्षण समितिका उपाध्यक्ष शङ्ख वीर पुतुवार, संस्थापक अध्यक्ष कुल बहादुर श्रेष्ठ, गुठी संस्थानका कार्यकारी प्रमुख किरण शाक्य इन्जिनियर भीमप्रसाद अधिकारी लगायत अन्य ५  जना कर्मचारी निर्माणकर्ता DR construction कम्पनीका सञ्चालक धर्मरत्न महर्जन ,समाजसेवी खड्गमान श्रेष्ठ, इचंगुनारायण खानेपानी मूल उपभोक्ता समितिका अध्यक्ष हरि कृष्ण श्रेष्ठ, लगायत स्थानीय बुद्धिजीवी तथा सर्वसाधारणको उपस्थिति थियो।

  क्षमा पुजा कार्यक्रममा मन्दिरको गजुरलाई धागोले गाईको पुच्छरमा बाँधी गाईले तानेर गजुर निकाल्न विधिवतरुपमा इट्टाहरु झिकेर पुनःनिर्माणको कार्य शुभ साईतमा शुभारम्भ गरिएको थियो। ­

मन्दिर पुनर्निर्माण गरिने भएपनि भगवानको प्रतिमूर्तिलाई व्यवस्थित तरिकाले राखी दैनिक पूजा गर्न आउने दर्शनार्थीहरुलाई पूजा गर्न पाउने व्यवस्था मिलाउने, गुठी संस्थानका इन्जिनियर भीमप्रसाद अधिकारी, पुरातत्व विभागका इन्जिनियर सुन्दर खनाल तथा नागार्जुन नगरपालिकाका सिनियर इन्जिनियर श्री कन्चन खनाल, नागार्जुन नगरपालिका ,वडा कार्यालय, स्थानीय बुद्धिजीवि सबैको सल्लाह सुझाव तथा सहयोगमा मन्दिर पुनःनिर्माण गरिने कुरा मूल संरक्षण समितिका अध्यक्ष श्रेष्ठले बताउनुभयो।

यसै क्रममा उहाँले मन्दिरको विभिन्न समयमा मर्मत तथा सम्भारका लागि गुठी संस्थान, पुरातत्व विभाग ,नगरपालिका तथा वडा कार्यालय सबैतिरबाट सहयोग भइरहेको कुरा पनि बताउनुभएको थियो।

क्षमा पुजा सम्पन्न पश्चात उपस्थित सबै जनालाई भगवान श्री नारायणको प्रसाद वितरण गरिएको थियो। ३ करोडको लागतमा पुनः निर्माण कार्य सम्पन्न गरिने कुरा जानकारीमा आएको छ।