
गाईलाई किन माता मानियो ?

गाईलाई किन माता मानियो ?
हिन्दुहरुको विकासमा गाईको योगदान र यहाँका मानिसहरुले पुजा गर्ने विशेष जातका गाईको दुध, मल र गँहुतको औषधीय महत्व भएको, मौसम प्रतिकुल भएको समयमा दुधले किसानको र उसका टुहुरा बच्चाको जीवन वचाँउने र गाइकै बाच्छालाई जोतेर कृषि जीवन सुरु गरेको तथ्य बुझ्नेछन् तव जिव्रो टोकेर भन्नेछन् हिन्दुहरुको संस्कृतिमा गाईलाई आमा मानेर पुजा गर्ने चलन त कति बैज्ञानिक र महत्वपुर्ण रहेछ ।
===================
किन गाई पाल्न थालियो…?
अर्यानान समुहले पहाडी/हिमाली क्षेत्रमा सहजै हिड्न सक्ने डल्ली गाईको दुध, मुत्र, गोवर औषधिय गुण भएको कुरा पत्ता लगाई सकेका थिए । यो समुहले जंगली अवस्थामा हजारौ वर्ष ककेसस पर्वतका जंगलहरुमा विताएको थियो । यसै समयमा यो समुहका केहि व्यक्ति योगी तथा ऋषीहरु भै सकेका थिए । वास्तबमा यिनै योगी तथा ऋषीहरु यो समुहका नेता थिए । यी योगी तथा ऋषि/ऋषीकाहरु योगाभ्यास, तप तथा ध्यान गरि हप्तौं विताँउथे । जसले आफुसंग गाई राखेकाछन् उनिहरुलाई कुनै रोग व्याध नलाग्ने र यदि लागिहाले पनि गाईको दुध तथा मुत्र सेवन गरे निको हुने भएकाले गाईको दुध तथा मुत्रमा औषधीय गुण रहेको कुरा पत्ता लगाई सकेका थिए । परिणामस्वरुप, यो समुहमा हरेक परिवारमा÷झुण्डमा गाई पालन सुरु भैसकेको थियो ।
======================
गाईले खाएको खानेकुरा मानिसले पनि खान सिके….
अर्यानानका उपजातिहरुले हजारौं वर्ष पहिले देखि गाईलाई लाफुसंगै राख्ने र गाईको दुध तथा घिउ प्रयोग गर्न सिकेका थिए । यो घुमन्ते समुह एक ठाँउ वाट अर्को ठाँउमा जाँदा गाईलाई आफुसंगै लिएर जान्थे । यसो गर्नको एउटा महत्वुर्ण पक्ष भनेको नया ठाँउको जंगली झारपात नचिनिने हुनाले गाईले खाएको झारपात खाँएर बाँच्न सजिलो र सुरक्षित भयो ।
===============
किनाणु नाशक गहुँत प्रयोग हुन थाल्यो…..
घर तथा करेँसा वारीका किटाणु मार्नलाई र पुजा आजामा सरीर तथा स्थान सुद्घ गर्नलाई गँहुत प्रयोग गर्न थालियो । गाईवाट उत्पादित दुध, गँहुत तथा गोवर एन्टिवायोटिक जन्य रहेको कुरा आज आएर प्रमाणित भएको छ । हिजोको जंगलि युगमा नै त्यस्तो मानव जीवन उपयोगी गाईको जात पत्तालगाई संरक्षण गर्ने र दैनिक जीवनमा गाईको दुध, मल र मुत्र प्रयोग गर्ने हिन्दुहरु बैज्ञानिक र अन्य मानव भन्दा सर्वश्रेष्ठ रहेको प्रमाणित हुन्छ ।