Advertisement

लैङ्गिक हिंसा विरुद्धको जनचेतना मुलक -र्याली !

२०७९ मंसिर २४, शनिबार १६:०७
१२३
Ashok Pokharel

मंसिर २४ नागार्जुन , काठमाडौँ।

सामुदायिक प्रहरी तथा सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा आज लैङ्गिक हिंसा विरुद्धको जनचेतना मुलक कार्यक्रम -र्याली  सहित सम्पन्न भएको छ। उक्त -र्याली नागार्जुन नगरपालिका वडा नं २ र ३ को सिमाना ठूलो भरयाङ चोकबाट बिहान ७:३० बजेसुरु भई एक धारा, नामगेल्चोक, बुद्धचोक ,गैरीगाउँ माईक्रो पार्किङ्ग, गैरी गाउँ राई चोक,तिनघरे, रानिबन बुद्धचोक मनकामना मार्ग, रेड चिल्ली चोक ,पहेलो गुम्बा हुँदै नाम्गेल चोकको संस्थाको कार्यालयमा पुगी  सभामा परिणत भई सम्पन्न भएको थियो।

उक्त विशाल -र्यालीमा सामुदायिक प्रहरी सशस्त्र प्रहरी, नेपाल प्रहरी, ट्राफिक प्रहरी, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु, संरक्षक सदस्यहरु ,सल्लाहकार समूहका सदस्यहरु, पार्षद समूहका सदस्यहरु, हलचोक माध्यमिक विद्यालय, peoples friendship विद्यालय,

कामना international school/ college ,

litttle climber English school, international peace एकेडेमी लगायतका शैक्षिक संस्था हरुबाट प्रधानअध्यापक सहायक प्रधानाध्यापक, शिक्षक ,शिक्षिका तथा अध्ययनरत विद्यार्थी भाइबहिनीहरुको सहभागिता रहनुका साथै नागार्जुन ३ एकता टोल उपभोक्ता समितिका सदस्यहरु,

गैरीगाउँ महिला जागृति आमा समूहका सदस्यहरु, नगर कार्यपालिकाका सदस्य अम्बिका गजमेरको सहभागिता रहेको थियो।

सामाजिक रूपमा लज्जित र कानुनीरुपमा दण्डित हुने कार्य नगरौं, लैङ्गिक हिंसा भएमा ११४५ मा खबर गरौ, सामूहिक एक्यबद्धता लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलता, महिला पुरुष ईश्वरको अनुपम कृति असमानता राखेर नगरौं विकृति, आफैंबाट शुरु गरौं लैङ्गिक हिंसा बन्द गरौ, समानताको पुस्ता बलत्कार बिरुद्ध एक्यवद्धता, दाईजो प्रथा उन्मुलन गरौ, छोरीलाई शिक्षामा समान अधिकार, घरबाट सुरु गरौ महिला हिंसा अन्त्य गरौं, एकआपसमा गरौं मेलमिलाप लैङ्गिक हिंसाको जाउ खिलाप, छोरा र छोरीमा भेदभाव नगरौ,सम्मुनत राष्ट्र निर्माणका निम्ति लैङ्गिक हिंसा अन्त्य गरौं, महिला र पुरुष बराबर महिला जीवनको आधार, महिला हिंसा अन्त्य गरौं महिलालाई सम्मान गरौं, satter the silence, stop the violence, its bright not to fight, give respect get respect,let’s make right choice let’s raise Voice  for justice,Men and women are the same stop playing discrimination game, abuse is a crime not on excuse, when a sunrise it rises for everyone, Equality has no gender who is man and who is women! are we not one? Gender equality is a  human right not a female fight लगायतका प्लेकार्डहरू बोकी र सोहीअनुसारका नाराहरु लगाउँदै  -र्याली सम्पन्न गरिएको थियो।

नागर्जुन नगरपालिका वडा नम्बर २, ३ र १ परिक्रमा गरी समापन गरिएको उक्त कार्यक्रमलाई संस्थाका महासचिव सरला श्रेष्ठले उद्घघोषण गर्नुभएको थियो भने जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक श्री निरन्जन दत्त  भट्टले शुभकामना दिँदै आफू स्वयंभू कार्यालयको प्रमुख हुँदा यस सामुदायिक सेवा केन्द्रसँग सहकार्य गर्दै विभिन्न जनचेतनामूलक कार्यक्रम गरेको स्मरण गर्नुभएको थियो। उहाँले यस क्षेत्र घरेलु मदिरा उत्पादन गर्ने क्षेत्र भएकाले प्राय पुरुषहरुले मदिरा सेवन गरी घरेलु हिंसा गर्ने गरेको कुरा पनि उल्लेख गर्नुभयो। शुभकामना मन्तव्य दिनुहुँदै यस संस्थाका सल्लाहकार डाक्टर आलोक बाबु प्रसाईले यस संस्थाले धेरै जनचेतनामूलक कार्यक्रमहरु गरिरहेको र तीमध्ये स्मरण गर्न योग्य महिला हिंसा विरुद्धको जनचेतना मुलक कार्यक्रम लगातार गरिरहेको स्मरण गराउँदै आफ्ना भनाईहरु राख्न मौका प्रदान गर्नुभएकोमा संस्था प्रति हार्दिक आभार व्यक्त गर्नुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष श्री प्रताप दानीले कार्यक्रममा सहभागी सम्पूर्ण लाई हार्दिक धन्यवाद दिँदै लैङ्गिक हिंसाविरुद्धको १६ दिने कार्यक्रममा मात्र होइन हामी ३६५ दिनै लैंगिक हिंसा विरुद्धमा छौं यस्तै हरेक सामाजिक गतिविधिमा तपाईहरुको सम्पूर्णको साथ र सहयोग पाईरहेको र पाउने आशा गर्दै आफू थप उत्साहित भएको बताउँदै कार्यक्रम समापन गर्नुभएको थियो।