
आकस्मिक दुर्घटना!
२०७९ मंसिर २४, शनिबार १३:०३
९०

मंसिर २४ स्वयंम्भु, काठमाडौँ।
आज दिउँसो भर्खरै १२:२०बजे स्वयम्भू चक्रपथ चोकमा ठूलो गाडीले बागमती प्रदेश ०२,०२२ प १८१२ नं को स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक अन्दाजी ४० वर्षको पुरुष व्यक्तिको घटनास्थलमै मृत्यु भएको छ। स्वयम्भू चोकमा मात्रै एक हप्ताभित्रमा यो दोस्रो घटना हो। ठूलो गाडी स्वयम्भू प्रहरी नियन्त्रणमा रहेकाे जानकारी प्राप्त भएको छ।